६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरताः एमाले नेता पोखरेल

धनकुटा–नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरता निम्तिएको बताएका छन्। मुख्य तीन राजनीतिक दलबीचको सहकार्य र सहमति सत्तासँग मात्रै जोड्ने कार्य नेताहरुले गरेकाले सम्बन्धमा चिसो पसेको उनले बताए ।

ठूला दलहरु एकैपटक सत्तामा जानु हुँदैन भन्ने नेपाली कांग्रेसको नीति परिवर्तन नभएसम्म राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने नेता पोखरेलले बताए ।

प्रेस चौतारी नेपाल धनकुटाले शुक्रबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्थायी कमिटी सदस्य पोखरेलले नेपालमा सरकार परिवर्तन हुँदा छिमेकी देशमा हर्षबढाई भएकाले नेपाली राजनीति अस्थिर हुने सम्भावना रहेको बताए । नेपालमा जतिबेला सरकार लोकप्रिय हुन्छ तब सरकार ढलाउने खेल हुने गरेकको छ । विगतमा मनमोहन अधिकारीको नौं महिने सरकार लोकप्रिय सरकार भएकै कारण ढल्यो । यसपटक पनि सरकारले लोकप्रिय कार्यक्रम लिएर आएकाले ढलेको नेता पोखरेलले बताए ।

राष्ट्रिय महत्वका आयोजना निर्माणका लागि विदेशी भन्दा स्वदेशीलाई नै प्राथमिकता दिनु पर्ने उनको भनाइ थियो । ओली सरकारले स्वदेशी लगानीमा राष्ट्रिय महत्वको योजना बनाउन सुरु गरेपनि वर्तमान सरकारको विशेष दुतले छिमेकी देशलाई बनाइदिन सहयोग मागेको उनले आरोप लगाए । नेता पोखरेलले नेकपा एमाले संविधानको संसोधन भन्दा पनि कार्यान्वयनमा जोड दिने बताए । संविधान कार्यन्वयनको लागि स्थानीय प्रान्त र संघिय संसदको आगमी चैत सम्म चुनाव गराउने सरकारको दायित्व हो । त्यो निर्वाचनमा एमाले प्रतिपक्षमा नै बसेर चुनावमा भाग लिने नेता पोखरेलले बताए ।

मधेस केन्द्रित दलको आन्दोलनले जनताको साख गुमाएको अवस्थामा नयाँ सरकारवनेको कारण उनीहरुको मनोवल र महत्वकांक्षा बढेको उनले बताए । त्यसैगरी एमाले स्थायी कमिटी सदस्य पोखरेलले धनकुटा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई पनि सम्बोधन गरेका थिए। धनकुटा जिल्लाको स्थानीय तह निर्माण गर्नको लागि गाउँस्तरका कार्यकर्ताहरुबाट सुझाव लिने उद्देश्यले आयोजना गरेको भेलामा बोल्दै नेता पोखरेलले स्थानीय तह निर्माण गर्न जातिय बसोबास, भौगोलिक सुगमता र आर्थिक विकासको सम्भावनालाई ध्यान दिनु पर्ने बताए । अव बन्ने स्थानीय निकायले संविधानले दिएका २२ वटा अधिकारलाई कार्यन्वयन गर्ने भएकाले राम्रो र बलियो हुने उनले बताए  ।

 

प्रकाशित: १० भाद्र २०७३ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App