१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेविसंघ अध्यक्षमा महर, अन्य पदमा को-को भए विजयी ?

विजय भएपछि खुसियाली मनाउँदै अध्यक्ष महर र उनका समर्थक। तस्बिरः दिनेश गोले

काठमाडाैं-काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा सभापति शेरबहादुर देउवा प्यानलबाट नयनसिंह महर विजयी भएका छन्। महरले १ हजार ४ सय ९६ मत प्राप्त गरी विजय भएका हुन्। उनका निकटम् प्रतिद्वन्द्वी वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका मनोजमणि आचार्यले १ हजार ३ सय ६५ मत प्राप्त गरेका छन्। यसैगरी महामन्त्रीमा देउवा प्यानलकै कुन्दन काफ्ले निर्वाचित भएका छन्।  बाँकी पदमा पनि महर प्यानल अगाडि रहेको छ।

महामन्त्री काफ्ले र सरोज थापा, प्रदेश उपाध्यक्षहरुमा विकास केसी, सञ्जय यादव, रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, श्रीप्रकाश मगर, इश्वर मल्ल र पुष्प कुमार शाही निर्वाचति भएका छन् ।

त्यस्तै, महिला र जनजाति उपाध्यक्षमा उर्मिला थपलिया र नविन राई, कोषाध्यक्षमा शिव रिमाल, छात्रा सहमहामन्त्रीमा साधना घिमिरे निर्वाचित भएका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगतको मतगणनामा विवाद भएको छ । प्रमुख निर्वाचन अधिकृतले बदर ६ मत च्यातेपछि विवाद भएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । विवाद समाधान गर्न प्रयास भैरहेको बताइएको छ।

पाैडेल पक्षले निर्वाचन मतगणनामा केही असन्तुष्टि जनाए पछि विवाद उत्पन्न भएको हो।

प्रकाशित: २ भाद्र २०७३ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App