१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

विमान दुर्घटनाको बारेमा सदन र जनतालाई जानकारी गराउन काँग्रेसको माग

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सरकार   सरकार सदनप्रति उदासिन, पीडित परिवारकाप्रति निरपेक्ष र जनताप्रति कर्तव्यविमुख हुन नमिल्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘सरकार सदनप्रति उदासिन, पीडित परिवारकाप्रति निरपेक्ष र जनताकाप्रति कर्तव्यविमुख हुन सक्दैन।’

सरकारले विमान दुर्घटनामा परी निधन हुनेहरुको शव पहिचान भइसक्दासमेत आफन्तलाई बुझाउने प्रक्रियामा ढिलाइ गर्दा आफन्तमाथि झनै पीडा थपिएको उनले बताए। उनले विमान दुर्घटनाको बारेमा उठेका सबै पक्षको सम्बोधन गर्न सरकारलाई निर्देशन गर्न पनि सदनको ध्यानाकर्षण गराए।

‘शवहरु पहिचान भइसकेको भएपनि र भेटिसकेको भएपनि अहिले पनि धेरै आफन्तहरुले शव बुझ्न पाएका छैनन्’, उनले भने, ‘शव चाँडो नबुझाउँदा आफन्तमा झनै पीडा र आक्रोशित हुनुहुन्छ।’  

माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सेती खोचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो।

प्रमुख सचेतक लेखकले विमान दुर्घटनाको छानबिनका लागि सरकारले ५ सदस्यीय छानबिन समिति बनाएको र समितिले आफ्नो निश्चित समयभित्र अध्ययन प्रतिवेदन बुझाउने आशा गरेको बताए।

प्रकाशित: ५ माघ २०७९ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App