८ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनबाट एमालेका घिमिरे सभामुखको उम्मेदवार

सत्ता गठबन्धनबाट नेकपा एमालेले झापाका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ।

झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद घिमिरेको नाम सर्वसम्मत टुग्याइइएको हो।

संघीय संसद सचिवालयले सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकेको छ।

नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन। सभामुखबारे छलफलका लागि कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा बसिरहेको छ।सभामुखको निर्वाचन बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ। 

प्रकाशित: ४ माघ २०७९ ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App