१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारतीय नागरिकलाई शहीद घोषणा गर्न मोर्चाको माग

काठमाडौं—संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रहरीसँगको भिडन्तका क्रममा मारिएका भारतीय नागरिकलाई शहीद घोषणा गर्नुपर्ने माग अघि सारेको छ। पाँच महिनासम्म चलेको मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीसँगको भिडन्तमा मारिएका एक भारतीयलाई शहीद घोषणा गरी १० लाख रुपैयाँ उपलब्ध गराइनुपर्ने मोर्चाको माग छ।

संविधान सभाबाट संविधान बनेकोमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि कडा नाकाबन्दी गरेको थियो। नेपालमाथि नाकाबन्दी गर्ने कार्यलाई स्वागत गर्दै माेर्चाले नेपालमा अान्दाेलन चर्काएकाे थियाे। सोही आन्दोलनका क्रममा रक्सौल बिहार निवासी १९ वर्षे आशिष रामको प्रहरीसँगको झडपमा गोली लागेर वीरगञ्जमा मृत्यु भएको थियो। 

पुष्पकमल दाहाल सरकारले आन्दोलनमा मारिएकाहरुलाई मधेसी दलकाे सिफारिशमा शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने एवं घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको सन्दर्भमा माेर्चाले याे माग अघि सारेकाे हाे।

अशिषलाई शहीद घोषणा गरी उनको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन मोर्चाको माग छ। ‘हामीले सुरुदेखि नै मधेस आन्दोलनमा ज्यान गुमाउनेहरुलाई जात, लिंग र राष्ट्रियता नहेरी शहीद घोषणा गर्नुपर्ने माग राख्दै आएका छौं’, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘हामीले उन (आशि राम) लाई पनि एउटै अन्य शहीदहरुलाई जस्तै समान दिनुपर्छ।’

पुष्पकमल दाहाल सरकारले आन्दोलनमा मारिएकाहरुलाई मधेसी दलकाे सिफारिशमा शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने एवं घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको सन्दर्भमा माेर्चाले याे माग अघि सारेकाे हाे।

पूर्ववर्ती ओली सरकारले सोही शीर्षकमा पैसा वितरण गरिसकेको गृह मन्त्रालयले जनाएको छ। ४१ परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र तीन परिवारलाई ५ लाख रुपैयाँका दरले क्षतिपूर्ति यसअघि नै दिइसकिएको छ। 

पहिला स्थानीय प्रशासनको प्रतिवेदनको आधारमा मृतक र घाइतेलाई पैसा वितरण गरिएको थियो। मोर्चालाई खुशी पार्न उद्दत सरकारले गत शुक्रबार फेरि मधेसी पार्टीको सिफारिशमा शहीद र घाइतेलाई पैसा बाँड्ने निर्णय गरेको थियो।
सरकारले नयाँ निर्णय गरेपछि मोर्चा अहिले शहीद र घाइतेको नयाँ सूचि तयार पार्दैछ।

 

प्रकाशित: २४ श्रावण २०७३ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App