६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अनशनरत नेविसंघ नेता भेट्न देउवा अस्पतालमा

काठमाडौं—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोडल अस्पताल पुगेर आमरण अनसन बसिरहेका नेविसंघ नेताहरु गणेश सापकोटा र नेविसंघ रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुंगेलसँग भेट गरेका छन्। विधानसम्मत महाधिवेशनको माग गर्दै ९ दिनदेखि अनसनरत उनीहरुसँग महाधिवेशन उद्‌घाटन गर्न जानुअघि पार्टी सभापतिले अस्पतालमा कुराकानी गरेका हुन्।

पार्टी सभापति समक्ष अनसनत रत्नहरि ढुंगेलले कि हाम्रा माग नाजायज छन् भनेर भन्नुपर्‍यो होइन भने माग पूरा गर्नुपर्‍यो भन्ने आग्रह गरेका थिए। जवाफमा देउवाले तपाइँका मागहरु जायज छन्। हामी यो पूरा गर्न कटिबद्ध छौं। साँझसम्म म यो कुरा टुङ्ग्याउने कोसिस गर्छु। तपाइँहरुले अनसन छोड्नुपर्‍यो भन्ने आग्रह गरेका थिए।

हाम्रा माग नाजायज छन् भनेर भन्नुपर्‍यो होइन भने माग पूरा गर्नुपर्‍यो भन्ने आग्रह गरेका थिए। जवाफमा देउवाले तपाइँका मागहरु जायज छन्। हामी यो पूरा गर्न कटिबद्ध छौं। साँझसम्म म यो कुरा टुङ्ग्याउने कोसिस गर्छु। तपाइँहरुले अनसन छोड्नुपर्‍यो भन्ने आग्रह गरेका थिए।

अनसनरत दुवैजनाले अनसन जारी रहेको बताएका छन्। ‘तपाईँहरुलाई छोडेर अधिवेशन गर्न सम्भव छैन त्यसैले साँझसम्म कुर्नुहोस्। म आफैँ सक्रियतापूर्वक काम गर्दैछु, अनसन तोड्नुहोस् भन्नुभयो,’ अनसनरत सापकोटाले भने,  ‘हाम्रा मागहरु जायज हुन् भने पूरा गर्नुहोस् भनेका छौं।’

अनसनकारीको माग तत्काल सम्बोधन गर्न देउवाले महाधिवेशन निर्देशन समितिका पदाधिकारीलाई फोन गरी निर्देशन दिएको स्रोतले बतायो। पार्टी सभापतिको निर्देशन पछि केन्द्रीय सदस्य गोविन्दराज भट्टराई केन्द्रीय कार्यालय सानेपातर्फ लागेका छन्। उनले अनसनकारीका माग पूरा गर्न साँझसम्म सहमतिको विन्दू खोजी गर्ने र आधिकारिक निर्णय सार्वजनिक गर्ने स्रोतले बतायो।

६ दिनसम्म रिले अनसन बसेपछि सापकोटा र ढुंगेलले आमरण अनसन सुरु गरेका थिए। ८ औं दिन शनिबार स्वास्थ्यस्थिति नाजुक भएपछि दुवै जनालाई काठमाडौं मोडल अस्पतालको एमेर्जन्सीमा भर्ना गरिएको थियो। नेविसंघ महाधिवेशन उद्‌घाटनको समय भइसक्दा पनि अनसन नछोडेपछि महाधिवेशनस्थल पुग्नुअघि सभापति देउवा अस्पताल पुगेका हुन्।

विधान विपरीत ल्याइएका प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधि मात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका उपत्यकाका साथै अन्य जिल्लामा वैधानिक तवरले अधिवेशन गर्नुपर्ने उनीहरुले माग गर्दै आएका छन्।

सभापति देउवाले अस्पताल पुगेर दिएको आश्वसन सकारात्मक भएको अनसनकारी समूहका अध्यक्ष प्रत्यासी कुन्दनराज काफ्लेले बताए। उनले भने, ‘हाम्रा साथीहरु रहरले अनसन बसेका होइनन्। सभापतिले दिएको आश्वसनअनुसार छिटो कदम चाल्न आवश्यक छ’, काफ्लेले नागरिकन्युजसँग भने।

प्रकाशित: २३ श्रावण २०७३ १२:४१ आइतबार

अनशनरत नेविसंघ नेता भेट्न देउवा अस्पतालमा