२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहको निर्देशन पछि कपिलवस्तुका १५ क्रसर उद्योग बन्द

कपिलवस्तुमा रहेका १५ अबैधानिक क्रसर बन्द गराइएको छ। गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई मापदन्ड बिपरितका अबैधानिक क्रसर उद्योग बन्द गर्न परिपत्र गरे पछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द  गरिएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए।  

गत पुस २० गते गृह मन्त्रालयबाट आएको परिपत्र अनुसार अबैधानिक क्रसर उद्योग बन्द गर्न प्रहरीलाई दिएको निर्देशन अनुसार ती क्रसर उद्योग बन्द गराइएका हुन। ढुंगा गिट्टी बाल्ुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदन्ड २०७७ अनुसार जिल्लाका अधिकांस क्रसर उद्योग अबैधानिक छन। यस्तै आयोजना सकिए पनि संचालनमा छन। त्यस्ता अबैध क्रसरहरुलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षण पछि बन्द गराएको प्रजिअ मिश्रले बताए।  

मापदन्ड बिपरित, दर्ता र नविकरण नभएका तथा आयोजनाकालागि संचालन अनुमति लिए पनि आयोजना सकिए पनि संचालन भएका क्रेसरहरुलाई बन्द गराइएको  हो। कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको ११ वटा, बिजयनगर गाउपालिकाको २ वटा र बुद्धभुमी नगरपालिका र कृष्णनगर नगरपालिका स्थित एउटा एउटा क्रेसर उदोग बन्द गराइएका हुन। शिवराज नगरपालिका १ स्थित जय शंकर बालुवा प्रशोधन केन्द्र ५ स्थित न्यु बाणगंगा बालुवा, शिवराज बालुवा प्रशोधन केन्द, ग्यालेक्सी बालुवा प्रशोधन केन्द्र वडा नम्बर ६ स्थित गौतम बुद्ध क्रेसर गौतम बुद्ध रोडा उद्योग सिद्धार्थ बालुवा प्रशोधन केन्द्र साहारा क्रसर उद्योग कृष्ण रोडा उद्योग वडा नम्बर ७ स्थित दिक्षान्त क्रंक्रेट उद्योग र दिब्यन क्रसर उद्योग छन।  

बुद्धभुमि नगरपालिका वडा नम्बर २ बडहरा स्थित लुम्बिनी बालुवा प्रशोधन केन्द्र र कृष्णनगर नगरपालिका वडा नम्बर १ स्थित न्यु बिजयलक्ष्मी अग्रहवाल क्रसर उद्योग तथा बिजयनगर गाउपालिका २ नेपाल प्रशोधन उद्योग र वडा नम्बर ६ स्थित सिद्धार्थ बालुवा प्रशोधन केन्द  रहेका छन। बन्द भएका ती १५ क्रेसर र बालुवा उद्योग मापदन्ड बिपरित बस्ती, जंगल, पुलपुलेसा नजिक रहेका छन। उता ३३ मध्ये १५ वटा बन्द गराइएका छन भने बाकी १८ वटा पहिले देखि नै बन्द अवस्थमा रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए। कपिलवस्तु नगरपालिका वडा नम्बर ३ रामघाट स्थित संतोष निर्माण सेवा ९ गौतम बुद्ध. वालुवा स्केलिङ उद्योग ११ निगाली वालुवा प्रशोधन उद्योग आफै बन्द अवस्थामा छन। यस्तै बाणगंगा नगरपालिका वडा नम्बर ४ ओम बाणगंगा प्रशोधन उद्योग वडा नम्बर ५ खुटेनी ओम एकता बालुवा प्रशाधन केन्द्र वडा नम्बर ६ शुभलक्ष्मी क्रेसर उद्योग जनप्रिय बालुवा प्रशोधन उद्योग न्यु कालिक बालुवा प्रशोधन उद्योग ८ बालापुर न्यु बाणगंगा क्रेसर उद्योग बाणगंगा क्रेसर उद्योग लुम्बिनी क्रंक्रिट उद्योग प्रालि सिद्धाथै एग्रीगेट वासिङ उद्योग बन्द छन।

 यसैगरी बुद्धभुमि नगरपालिका वडा नम्बर १० तिलौराकोट बालुवा प्रशोधन उद्योग चेत्रादैई बिजयनगर २ नेपाल प्रशोधन उद्योग वडा नम्बर ६ केबी बालुवा प्रशोधन उद्योग कृष्णनगर वडा नम्बर ८ जय अम्बे रोडा उद्योग वडा नम्बर ९ गंगा रोडा उद्योग शिवराज नगरपालिका वडा नम्बर ७ स्थित चौधरी रोडा उद्योग समेत बन्द अवस्थामा देखिएको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलले बताए। प्रचलित कानुन र मापदण्डविपरीत सञ्चालित भएका, दर्ता तथा नवीकरण नगरिएका, अनुमति नलिई सञ्चालनमा रहेका क्रसर उद्योगहरू र आयोजना विकास तथा निर्माणका लागि स्थापना भएका तर आयोजना सम्पन्न भइसकेपछि पनि सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न कडाईका साथ लागेको प्रजिअ मिश्रले बताए। ’ ‘यसलाई अटेर गरिए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउँछौं।’ उनले भने। 

प्रशासन कार्यालयले कानुनबमोजिम दर्ता भएर मापदण्डअनुसार सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई उद्योगसँग सम्बन्धित कागजपत्र पेस गर्न पनि निर्देशन दिएको छ। प्रशासनले कार्यालयले कागजपत्र गरेर मात्रै उद्योग सञ्चालन गर्न दिने बताएको छ। उनले अबैध क्रसर बन्द गराउने अभियान नरोकिने बताए। उता बन्द भएका क्रेसर उद्योगको समेत राम्ररी अनुगमन गर्नु पर्ने सरोकारबालाले माग गरे। पालिकाहरुले अहिले खोला नालाको ठेक्का लगाएकाले ती क्रसर उद्योग फेरी अबैधानिक तरिकाले संचालन हुन सक्ने भन्दै सचेत रहन माग गरेका छन।  

प्रकाशित: २३ पुस २०७९ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App