१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मोर्चाका नेताहरुसँग छलफल गर्दै कांग्रेस-माओवादी

बैठकमा सहभागी नेताहरु। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- सहमति प्रयासका लागि प्रमुख दलहरु बस्नुअघि नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु मधेसी मोर्चाका नेताहरुसँग बैठक बसेका छन्। सिंहदरवारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यलयमा बसेको बैठकले आज २ बजे बस्ने भनिएको संसद बैठकमा कसरी प्रस्तुत हुनेबारे छलफल भइरहेको बताइएको छ।

बैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेताहरु रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, विमिलेन्द्र निधि, कृष्ण सिटौला, रामबहादुर थापालगायत सहभागी छन्।

त्यस्तै मोर्चाबाट समावादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई, तराई मधेश लोकतान्त्रिक पार्टीबाट हृदयश त्रिपाठी, सद्‍भावना पार्टीका नेता लक्ष्मणलाल कर्णलगायत नेताहरु उपस्थित छन्।

एमालेसहित कांग्रेस-माओवादीको अर्को बैठक १२ बजे बोलाइएको छ।

प्रकाशित: ७ श्रावण २०७३ ०४:१४ शुक्रबार

मोर्चाका नेताहरुसँग छलफल गर्दै कांग्रेस-माओवादी