प्रतिनिधि सभा सदस्यद्वय प्रेम आले र माया राईले आज दिउँसो साढे १२ बजे सिंहदरबारमा शपथ ग्रहण गर्दैछन्।
यही पुस ७ गतेको प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले आज शपथ ग्रहण गर्न लागेको संघीय संसद सचिवालयले जनाएको छ। आले पारिवारिक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिनको शपथ ग्रहण समारोहमा भाग लिएका थिएनन्।
उनीहरुले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिने छन्।
प्रकाशित: १९ पुस २०७९ ०६:०९ मंगलबार