५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

फ्रान्स आक्रमणको भर्त्सना

काठमाडौं- फ्रान्सको दक्षिणी सहर निसमा बिहीबार भएको आतंकवादी आक्रमणको नेपालले कडा शब्दमा भर्त्सना गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शुक्रबार आफ्ना फ्रान्सेली समकक्षीलाई छुट्टाछुट्टै पत्र पठाई घटनाको भर्त्सना र मृतकका परिवारप्रति समवेदना प्रकट गरेका हुन्।

बिहीबार भएको आतंकवादी आक्रमणमा ८४ जना सर्वसाधारणको ज्यान जानुका साथै एक सयभन्दा बढी घाइते भएका थिए। बास्टिल दिवसका अवसरमा आतिसबाजी भइरहेका बेला आतंकवादीले आक्रमण गरेका थिए। पत्रमा दुःखद घडीमा फ्रान्सप्रति ऐक्यबद्धता जनाइएको छ।

प्रकाशित: १ श्रावण २०७३ ०२:४६ शनिबार

फ्रान्स आक्रमणको भर्त्सना