काठमाडौं- प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढाल्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र ले संसदमा लैजाने अविश्वासको प्रस्तावमा मधेसी मोर्चा र संघीय गठवन्धनले पनि हस्ताक्षर गर्ने भएको छ। मोर्चको आज बसेको बैठकले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने निर्णय गरेको मोर्चाका नेता केशव झाले नागरिकलाई जानकारी दिए। मोर्चा र गठवन्धनसँग ४२ सांसद रहेका छन्।
माओवादीले एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि के गर्ने भन्ने औपचारिक निर्णय लिन मोर्चाको बानेश्वर स्थित संसद भवनमा बैठक बसेको थियो।
प्रकाशित: २९ असार २०७३ ११:४२ बुधबार