१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सुरक्षा निकायका पदाधिकारीले नेता भेट्न अनुमति लिनुपर्ने

शान्ति सुरक्षा निकायका पदाधिकारीहरूले अबदेखि राजनीतिक पार्टीका नेताहरूलाई भेट्नु परे विभागीय स्वीकृति लिनुपर्ने भएको छ।

सुरक्षा निकायका पदाधिकारीहरुले कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने गृहले बताएको हो।

गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले कसैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति लिएर मात्र भेट्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन्।

निर्देशनविपरीत कसैले पूर्वस्वीकृतिबिना नै भेटघाट गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि विज्ञेप्तिमा उल्लेख छ। 

प्रकाशित: १४ पुस २०७९ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App