९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

बालुवाटारमा भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सर सामान खरिद नगर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवालयमार्फत् उनको  निवास व्यवस्थापन शाखालाई उक्त निर्देशन दिएको मल्लले जानकारी दिए। 

प्रकाशित: ११ पुस २०७९ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App