१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

बुधबार बाह्र मन्त्रीले संसदमा जवाफ दिए

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत १२ वटा मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका छन्। 

वाणिज्य, विज्ञान तथा प्रविधि, जनसङ्ख्या तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सिँचाइ, आपूर्ति, सामान्य प्रशासन, पशुपक्षी विकास, सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार तथा व्यवस्था र कृषि विकासमन्त्रीले आ–आफ्ना मन्त्रालयसँग सम्बन्धित प्रश्नका जवाफ दिएका थिए।

मन्त्रालयको विभिन्न शीर्षक माथिका छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने क्रम जारी रहनेछ । व्यवस्थापिका–संसद्को अर्काे बैठक असार २४ शुक्रबार बिहान ११ बजे बस्ने कार्यतालिका छ। रासस

प्रकाशित: २२ असार २०७३ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App