१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आजबाट राजनीतिक रुपमा अर्को जन्म लिएँः महामन्त्री शर्मा

फाइल तस्बिर

नेपाली काँग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन्।  

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताए। उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरुलाई गम्भीरताका साथ लिएको बताए। उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरु अहिले धेरै भइरहेको भन्दै यी कार्यहरुलाई आफूले राजनीतिक जन्मको शुरुवातको रुपमा लिएको बताए।

महामन्त्री शर्माले भने, ‘म पहिलोपटक सांसदको रुपमा शपथ लिएर आएको छु। शपथ लिँदै गर्दा अक्षरहरु पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ। जन्मदिनकै सेरोफेरोमा यी गतिविधिहरु भएका छन्। जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिक रुपमा अर्को जन्म भएको महशुस गरेँ। मैले इमान्दारितापूर्वक कार्य गर्नुपर्छ।’

महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरता पनि लिएको बताए।  

प्रकाशित: ७ पुस २०७९ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App