१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीका लागि सल्लाह गर्दैछौं: दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका छन्।  

अध्यक्ष दाहालले सरकारको नेतृत्वको बारेमा भने सल्लाह गर्ने प्रतिक्रिया दिए। बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथ लिएलगत्तै उनलाई संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको नेतृत्वमा तपाई कि शेरबहादुर देउवा भनि प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै उहाँले सो सम्बन्धमा सल्लाह गरेर सहमतीमा पुग्ने बताए। अध्यक्ष दाहालले राष्ट्रपतिबारे भने अहिलेनै प्रश्न नगर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे। सपथग्रहण उत्साहका साथ सम्पन्न भएको र सरकार पनि उत्साहका साथ बन्ने उनको भनाई थियो। अध्यक्ष दाहालले भने,  ‘सबै प्रक्रिया सहज ढंगले अगाडि बढेको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो। आज सपथग्रहण पनि बडो उत्साहका साथ सम्पन्न भयो। अव सरकार पनि त्यसैगरी बन्छ। र, काम अगाडि बढछ। अव सरकार यही गठबन्धनको बन्छ। प्रधानमन्त्रीका लागि हामी सल्लाह गर्दैछौं। राष्ट्रपतिबारे अहिले नसोध्नुस्।’

अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने आकांक्षासहित सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुसँगको छलफललाई पनि तीव्रता दिएका छन् भने एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत् छलफललाई अगाडि बढाईरहनु भएको छ। यता, प्रतिनिधिसभामा तेस्रो हेसियतमा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्रीको दावी स्वभाविक नभएको पनि राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ। अध्यक्ष दाहालले भने मुलुकको समृद्धिका लागि आफूले एक पटक सरकारको नेतृत्व लिन चाहेको जिकीर गर्दै आएका छन्। 

प्रकाशित: ७ पुस २०७९ ०९:५५ बिहीबार

नेकपा (माओवादी केन्द्र)