१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले सडक सुरक्षाका लागि आवश्यक श्रोत, साधन परिचालन गर्न नसकेको गुनासो

नेपालमा सडक सुरक्षाको माग पनि बढ्दै गएको भन्दै विज्ञहरुले सडक सुरक्षाको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन्।

सरकारले सडक सुरक्षाको लागि पर्याप्त मात्रामा श्रोत, साधनको परिचनालन गर्न नसकेकाले सडक दुर्घटनाहरु बढ्दै गएको विज्ञहरुले गुनासो गरेका हुन्। उनीहरुले विदेशी राष्ट्रहरुले सडक दुर्घटना कम गर्दै शुन्य दुर्घटनाको योजनामा अघि बढ्न थालेपनि नेपालमा भने हालसम्म पनि सडक सुरक्षाको लागि आवश्यक श्रोत, साधन नै परिचालन गर्न नसकिएको बताए।

नेपालले दुर्घटना न्युनिकरणको प्रयास र सडक सुरक्षालाई मुख्य प्राथमिकता दिन आग्रह गरे। सडक सुरक्षा सम्बन्धी विज्ञ डा.पुष्पराज पन्तले नेपालले सडक सुरक्षालाई गम्भीरताका साथ दिनुपर्नेमा जोड दिए। उनले नेपालमा दैनिक रुपमा सडक दुर्घटनाका घटनाहरु बढ्दै गएपनि सडक निर्माण बाहेकका सडक सुरक्षाका लागि आवश्यक व्यवस्थापन हुन नसकेको बताए।  

उनले सडक सुरक्षा संकेत तथा तालिम दिनका लागि सरकारले सडक सुरक्षामा प्राप्त बजेट नछुट्याउने लगायतका कमजोरीहरु गरिरहेको बताए। साधन,श्रोतहरुको परिचालन हुन नसक्नु, आम नागरिक, नागरिक समाज, राजनीतिक दलहरुले समेत सडक सुरक्षाको आवश्यक्ता महशुस गर्न नसकेको बताए। 

प्रकाशित: २६ मंसिर २०७९ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App