२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुलीका मतदाताको रोजाईमा परे नयाँ अनुहार

सिन्धुलीबाट नव निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सदस्यहरु। तस्विर: अनिल भण्डारी

सिन्धुलीका मतदाताले यस पटकको निर्वाचनमा नयाँ अनुहारलाई रोजेका छन्। दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको सिन्धुलीमा गठबन्धन तर्फकै सबै उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेलाई क्लि स्विप बनाएको गठबन्धनबाट निर्वाचित सबै नयाँ अनुहार हुन्।

प्रतिनिधि सभा सिन्धुली क्षेत्र नम्बर १ का नवनिर्वाचित श्यामकुमार घिमिरे पहिलो पटक संघिय सांसद बने। घिमिरेले ३० हजार ३ सय ९१ मत पाएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धि नेकपा एमालेका प्रदिप कटुवालले २५ हजार ५ सय ४६ मत पाएका थिए। यस अघिको २०७४ सालको निर्वाचनमा सिन्धुलीको क्षेत्र नम्बर १ को प्रदेश २ मा हाल पराजित भएका कटुवाललेनै घिमिरेलाई पराजित गरेका थिए।

प्रदेशमा हार ब्यहोरेका घिमिरेले उनै कटुवाललाई संघमा हराएर आफु जित्न सफल भए। तीन कार्यकालदेखि कांग्रेसको केन्द्रिय सदस्य रहेका घिमिरे जित भएसँगै पुर्वधार विकासमा जोड दिने बताउछन्। पुर्वधार विकास मेरो पहिलो प्राथमिकता रहन्छ, उनले भने, सडक पुर्वधार शिक्षा स्वास्थ्यमा जोड दिन्छु।

सिन्धुलीको क्षेत्र नंम्बर २ बाट निर्वाचित भएका लेखनाथ दाहाल प्रतिनिधि सभाका लागि नयाँ अनुहार हुन्। यसअगाडी २०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धनबाट सिन्धुली क्षेत्र नम्बर १ को प्रदेश १ मा निर्वाचित भएका दाहाले यस पटक प्रतिनिधि सभा निर्वाचनमा २७ हजार ५ सय १७ मत प्राप्त गरि विजयी भए।

निकटतम प्रतिस्पर्धी एमालेका मनोजजंग थापालाइ उनले पाँच हजार ८३० मतले पराजित गरेका थिए। एमालेका थापाले २१ हजार ६८७ मत प्राप्त गरेका हुन्। देसभरबाटै माओवादी केन्द्रबाट खाता खोल्नेमा लेखनाथ पहिलो भए। विद्यार्थी जीवनकालबाट राजनीति सुरु गरेका लेखनाथ माओवादी जनयूद्धकाक्रममा ४ वर्ष जेल जीवन विताएर शान्ति प्रकृया आएपछि केही समय रामेछापमा राजनीति गरेका दाहालको घर सिन्धुलीको सुनकोसी गाउपालिका ५ नाङ्गेडाडामा छ।

प्रतिनिधि सभाको पहिलो यात्रा तय गरेका दाहाल जनताको अपेक्षा अनुसारको विकास गर्दै जाने बताउछन्। सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा सिन्धुली क्षेत्र नम्बर १ मा काँग्रेस र २ मा माओवादी विजयी भएको छ भने चारओटै प्रदेश सभामा सत्ता गठबन्धननै विजयी भएको छ। प्रदेश सभा तर्फ सिन्धुली क्षेत्र नम्बर १ को प्रदेश १ मा नेकपा माओवादीका मातृका प्रसाद भट्टराई विजयी भएका छन्। उनको जनताबाट अनुमोदित यात्रा पहिलो हो। भट्टराईले १५ हजार ८ सय ७३ मत ल्याएका थिए भने उनका निकटत प्रतिस्पर्धी नेकपा एमालेका सुवास देवकोटाले १२ हजार ५ सय ३३ मत पाएका थिए।

विजयी बनेका भट्टराई पुर्व लडाकु हुन्। सोही क्षेत्रको प्रदेश सभा २ मा नेपाली काँग्रेसका रामकुमार पहाडी विजयी भएका छन्। मतदाताको रोजाईमा परेका उनि नयाँ अनुहारनै हुन्। रामकुमारले १५ हजार ६ सय २१ मत ल्याएर विजयी भएका थिए भने नेकपा एमालेका जिल्ला अध्यक्ष कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाएका थिए। २०४९ सालमा भएको स्थानिय निर्वाचनमा सिन्धुलीको खाङसाङ गाविसको वडाअध्यक्ष भएका पहाडी तीन दशपछि जनताको रोजाईमा आफु परेको बताउछन्।

यसैगरि सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश १ मा निर्वाचित भएका छेत्रबहादुर बम्जनको प्रदेश सभाका लागि नयाँ आगमन हो। सत्तागठबन्धन तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार रहेका बम्जनले १६ हजार ८ सय ३५ मत पाएर विजयी बनेका छन् भने उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिनोद खड्कालाई  ५ हजार  १ सय ५४ मतको फराकिलो अन्र्तरले पराजित गरेका थिए। 

खड्काले ११ हजार ६ सय ८१ मत पाएका थिए। बम्जनसँग पराजित भएका खड्का २०७४ सालको प्रदेश सभा सदस्य थिए। यस्तै प्रतिनिधि सभा सिन्धुली २ को प्रदेश २ मा नेकपा माओवादीको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडाबाट डा.बाबुराम भट्टराई नेतृत्वको समाजबादी पार्टीका उपाध्यक्ष गंगा नारायण श्रेष्ठले जितेका छन्। श्रेष्ठले नेकपा एमालेका रामकुमार पौडेललाई पराजित गर्दै प्रदेशको संसदिय यात्रा तय गर्न सफल भएका हुन्। 

श्रेष्ठले १३ हजार १ मत प्राप्त गरेर विजयी भएका थिए भने एमालेका पौडेलले ९ हजार ७ सय ८९ मत ल्याएका थिए। २०७० सालमा सिन्धुली क्षेत्र नम्बर २ बाट कांग्रेसका मोहनप्रसाद बरालसँगै दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका श्रेष्ठको जनताबाट अनुमोदिन हुने यो पहिलो अवसर भएको छ। सिन्धुलीबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सबै उम्मेदवार गठबन्धन तर्फकै हुन्।

प्रकाशित: १२ मंसिर २०७९ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App