१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित

जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सुरुवाती अग्रता (लिड) गरिरहेका  छन्। ३६ हजार ३१ मतगणना गन्दा उनले १८ हजार २५ मत प्राप्त गरेका छन्। ८ हजार ३ सय ५६ मतले शाही अगाडि छन्।

उनको विजयी निश्चित छ। यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ९ हजार ६ सय ६९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका रतननाथ योगीले ५ हजार १ सय ४७ मत प्राप्त गरेका छन्। 

नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ८ सय ३ मत प्राप्त गरेका छन्। माओवादीका डाक्टर कलबहादुर रोकाया प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाए पनि ४ सय ११ मत प्राप्त गरेका छन्। १ हजार ९ सय ७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ। ४५ हजार ६५ मत खसेको थियो। अब ९ हजार ३४ मत मात्रै गणना गर्न बाँकी रहेको छ।

प्रकाशित: ७ मंसिर २०७९ १५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App