१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रोल्पाको प्रदेश (ख) मा स्वतन्त्र उमेदवार विजयी

रोल्पाको प्रदेश सभा (ख) मा स्वतन्त्र उमेदवार दीपेन्द्र कुमार पुन विजयी भएका छन्। गठबन्धनबाट उमेदवार बनेका कांग्रेस प्रदेश सभापती अमरसिंह पुनलाई पराजित गर्दै उनि विजयी भएका हुन्।

स्वतन्त्र उमेदवार दीपेन्द्र कुमार पुनले १४ हजार ९ सय २७ मत ल्याउदा उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका अमरसिंह पुनले १० हजार ४ सय ६ मत प्राप्त गरे। त्यसै गरि एमालेका प्रेम बहादुर घर्तीले ८ हजार ८ सय ३ मत ल्याएका छन्।

गठबन्धनबाट कांग्रेसलाई टिकट दिए पछि दीपेन्द्र कुमार पुनले माओवादी पोलिट ब्युरो सदस्यबाट राजिनामा दिएर स्वतन्त्र उमेदवारी दिएका थिए। रोल्पा प्रदेश सभा (क) मा माओवादीका जोखबहादुर महरा निर्वार्चित भएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App