१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

रोल्पामा बर्षमान भारि मतले अगाडी

रोल्पामा पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रका बर्षमान पुनले नै अग्रता लिएका छन्। प्रतिनिधि सभा तर्फ १५ हजार २ सय ८६ मतगणना भएकोमा माओवादीका बर्षमान पुनले ९ हजार २ सय ७७ मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले ३ हजार ७ सय ४७ मत ल्याएका छन्।

प्रदेश तर्फ (क) तर्फ १२ हजार ८ सय ६२ मत गन्दा माओवादीका जोखबहादुर महराले ७ हजार ९ सय ३३ मत ल्याएका छन्। एमालेका कमलबहादुर बुढाथोकीले २ हजार ७ सय ४३ मत ल्याएका छन्।

प्रदेश (ख) तर्फ ११ हजार ९ सय २१ मत गन्दा कांग्रेसका अमरसिंह पुनले ३ हजार ८ सय ४ मत ल्याए भने स्वतन्त्र उमेद्वार दीपेन्द्र कुमार पुनले ४ हजार ६ सय २३ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App