१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

सेताम्मे ‘भूस्वर्ग’ खप्तड (फोटोफिचर)

भारी हिमपातले ढाकिएकाे खप्तड। तस्बिर: योगेश/नागरिक

भारी हिमपातले खप्तडको अधिकांश भूभाग ढपक्कै छोपेको छ। ‘भूस्वर्ग’ का नामले चिनिने खप्तड यतिबेला सेताम्मे छ। सेताम्मे खप्तड हेर्नका लागि धेरै जना इच्छुक छन्।

पर्यटन व्यवशायी दीपक खड्काले फागुन १ गतेदेखी ‘हेली टुर’ सञ्चालन गरेका छन। उनका अनुसार आजसम्म १८७ जनाले ‘हेली टुर’ मार्फत खप्तडको भ्रमण गरिसकेका छन्।

 फागुन १० गतेसम्मका लागि सञ्चालन भएको ‘हेली टुर’ खप्तड हेर्न जानेहरुको चाप बढेपछि ४ दिन थप गरिएको छ। 

खड्काकै पहलमा गतवर्ष समेत ‘हेली टुर’ सञ्चालन भएको थियो। उनका अनुसार गतवर्ष ३०८ जनाले ‘हेली टुर’ मा यात्रा गरेका थिए। गतवर्ष खप्तडसँगै बाजुराको बडीमालिकामा समेत ‘हेली टुर’ सञ्चालन भएको थियो।

 यो वर्ष मौषम खराबीका कारण बडीमालिकामा ‘हेली टुर’ सञ्चालन गर्न नसकिएको पर्यटन व्यवशायी खड्काले जानकारी दिए। उनले ‘हेली टुर’ सञ्चालनमा सबै सरोकारवालाहरुको सहयोग रहेको बताए।

  

प्रकाशित: १२ फाल्गुन २०७८ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App