१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

एमसीसी विरोद्धको एक्लो अभियानमा साथ मिल्दै

अमेरिकी सरकारले सहयोग गर्ने एमसीसी राष्ट्रको लागि घात भएको भन्दै एक्लै विरोधमा उत्रिएकी थिईन् पोखराकी शिरिष गुरुङ । आज भन्दा ३५ दिन अगाडी एउटा हातमा ‘ईनफ ईफ ईनफ’ र अर्को हातमा ‘ओएक अफ पोखरा’ लेखेको ब्यानर लिएर एक्लै धर्नामा बसेकी उनि आज केही खुसी मुहारमा देखिईन् । उनको हातमा विरोधका शब्द लेखिएका ब्यानर पनि फेरिएका छन् । उनको हातमा देखिएको थियो ‘भोकमरी र बैंकको किस्ताले मर्न बाध्य हामी नेपाली’ र ‘वैदेशिक हस्तक्षेप रोकौँ ।’ 

पछिल्लो समय सदन नचलेको कारण एमसिसिको कुरा त्यति नभएकाले कोरोना रोकथाममा सरकारले गरेको ढिला सुस्ती र भ्रष्टचार विरुद्ध आफ्नो विरोधका कार्यक्रम केन्द्रित भएको गुरुङल बताईन् । सरकारको पछिल्लो गतिविधी विरुद्ध सुरुका दिनमा एक्लै विरोध जनाएपनि आजभोली दैनिक १५/२० जना नयाँ नयाँ साथीहरूको साथ पाएकी छिन्, ‘म एक्लै हुदाँ पनि केही फरक त पर्ने थिएन तर पछिल्लो समय सरकारको गतिविधी म जस्तै सोच भएका सचेत युवालाई मन परेको छैन,’ उनले भनिन्, ‘मेरो अभियान समाजिक सञ्जालमा देखेर साथ दिन आउदा खुसी नै छु ।’ 

उनले आफुलाई साथ दिनेहरु आफ्नै ईच्छाले आएको बताईन् । ‘मैले कसैलाई पनि जसरी पनि आउनु भनेको छैन’ उनले भनिन, ‘सरकारको पछिल्लो कुनै कुनै काम उहाँहरुलाई मन परेको छैन, त्यसैको विरोधमा आउनुभएको हो ।’ उनको विरोध कार्यक्रमको ३५औं दिन थियो । सुरुका ५/६ दिन जिल्ला प्रशासन कार्यालय अगाडी विरोध गरेपनि पछी चिप्लेढुङ्गातिर गएको उनले बताईन् । चिप्लेढुङ्गातिर मानिशहरुको बढी चहलपहल हुने भएकोले पनि आफ्नो विरोध धेरै सामु पुग्छ र धेरैले थाहा पाउछन् भन्ने उनको भनाई थियो ।

उनको आन्दोलन त्यतिमा मात्र सिमित भएन लक डाउनको कारणले आएको समस्या र बैंकको किस्ताको तनाबका साथै कोरोनाको कारणले आत्महत्या गर्नेको संख्यामा वृद्धिहुनुमा राज्य दोषि भएको भन्दै धर्ना दिएको शिरिष गुरुङले बताइन् । आफुहरुको विरोध कार्यक्रम शान्तिपूर्ण भएकोले प्रहरीबाट पनि कुनै रोकतोक नभएको बताईन् । राष्ट्रको लागि दैनिक ३ घण्टा दिन आफु पछी नहट्ने पनि उनले बताईन् । राम्रैको लागि आफुले कदम चालेकोले अन्य साथीहरुको पनि साथ मिल्दै गएको उनको भनाई छ ।

खुशी 91.3%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 8.7%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App