४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

रक गायक रविन तामाङको अन्तिम बिदाई (फोटोफिचर)

नेपाली साङ्गीतिक क्षेत्रका चर्चित रक गायक रविन तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।  

आइतबार बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा उनको पार्थिव शरीरलाई नेपालको राष्ट्रिय झण्डा ओडाएर अन्तिम बिदाई गरिएको हो।  दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे। उनको पार्थिव शरीरमासंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए। उनको अन्तिम संस्कार शोभा भगवतीमा गरिने छ।  

तामाङको मङ्गलबार ६० वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको थियो। पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गरेका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ।  

गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायत गीत चर्चित छन्।

तस्बिरहरूः प्रसन गुरूङ/नागरिक

खुशी 0%
दुखी 97.6%
अचम्मित 0%
हास्यास्पद 2.4%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App