अनलाइन स्कुल, अनलाइन परीक्षा

अघिल्लो सालसम्म परीक्षाको दिन विद्यालयमा उपस्थित हुनुपर्ने, मूलढोकामा प्रवेशपत्र देखाउनुपर्ने, झोलामा अनावश्यक कुरा बोकेको छैन भनेर झोला खोलेर देखाउनुपर्ने अनेक किसिमका नियमभित्र बाँधिएर परीक्षा दिएका हामीलाई अहिले आफ्नै घरमा बसेर, आफै इमानदार भएर, आफ्नो मूल्याङ्कन आफैँले गर्ने गरी परीक्षा दिन पाउने वातावरण यही कोरोनाले बनाइदिएको छ ।