९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

सुखमा नमात्तिनु र दुःखमा नआत्तिनु

लकडाउन डायरी

एलिसा घिमिरे

एलिसा घिमिरे  

कक्षा: ७, सैनिक आवासिय महाविद्यालय, सल्लाघारी, भक्तपुर ।  

चीनको वुहान हुँदै संसारभर फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । आफ्ना नागरिकमा भाइरस नफैलियोस् भनेर हाम्रो सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा ग¥यो । चीन, इटाली र अमेरिकामा मान्छे मरेका समाचार सुनेकी म सुरुका दिनमा निकै डराएँ । दिनभरको काम भनेकै कुन देशमा कति मान्छे प्रभावित भए, कति मरे भन्ने हेर्नु, यस्तै छलफल गर्नु, कोरोना बारेका युट्युव भिडियो हेर्नु आदि हुन थाल्यो ।  

एलिसा घिमिरे  

घर बाहिर जान हामी डराएका थियौं । दिनहुँ पटकपटक साबुन पानीले हात धुने, तातोपानी खाने मात्र हैन, कहिल्यै स्यानीटाइजर नलगाएकी म पनि त्यसैमा अभ्यस्त भएँ । मास्क लगाउन त झन् अफ्ठेरो लाग्थ्यो । सास फेर्नै गाह्रो हुने । निसास्सिए जस्तो । नाकमुख नै अरुले छोपिदिए जस्तो हुने । बिस्तारै बानी पर्दै गयो ।  

कतिपय गाउँ गएका साथी चाहिँ यस्तो अनलाइन कक्षा लिनबाट इन्टरनेट नचलेकै कारण बन्चित भएका छन् । कति दुःख लाग्दो कुरो ! अब उनीहरूको पढाई के हुन्छ होला ? मैले उनीहरूलाई कसरी सहयोग गर्न सक्छु होला भनेर बेलाबेलामा सोच्ने पनि गर्छु ।    

कक्षा ६ को बार्षिक परीक्षा सकेपछि छुट्टी मनाउन रामेछाप र ओखलढुंगा जाने योजना थियो । सुरुमा १–२ हप्ता भित्रै लकडाउन खुल्ने अनुमान गरेर त्यसै बमोजिम केही योजना बनाएकी थिएँ । २ हप्ता बितेपछि लकडाउन थपियो । ढिलै भए पनि योजना अनुसार नै बिदा मनाउँछु भन्ने सोचेको थिएँ तर त्यस्तो केहि हुन पाएन । दिनहरू बिना योजना बितिरहेका थिए । उठ्यो, खायो, सुत्यो । फेरी उठ्यो, खायो, सुत्यो । स्कुल जानु पर्दैनथ्यो । होमवर्क गर्नुपर्दैनथ्यो । बिहानै उठ्नु पर्दैनथ्यो । बेलुकीसम्म कहिले कथा सुनेर, कहिले कथा सुनाएर त कहिले फिल्म हेरेर बस्न पाइएको थियो ।  

अस्तव्यस्त हुँदाहुँदै पनि जिन्दगी रमाइलो नै भइरहेको थियो । चिया पनि पकाउन नजानेकी मैले खाना र तरकारी पनि पकाउन जान्ने भँए । खुबै रमाइलो लाग्थ्यो सिक्दा । कहिले मम पकायो, कहिले समोसा अनि कहिले पकौडा । बजारमा पाइने जस्तो मीठो नभए पनि त्यसमा मेरो मिहिनेत हुन्थ्यो, हरेक ममका डल्ला, समोसा र पकौडाका आ–आफ्नै कथा । अहो ! त्यसरी खानुको मज्जा नै बेग्लै । म घरका सानातिना काममा सघाएर मख्ख पर्न थाली सकेकी थिएँ । कुचो लगाउने, भुइँ पुछ्ने, ट्वाइलेट सफा गर्ने, फोहोर छुट्याउने, आफ्ना लुगा धुने मेरा लागि सामान्य काम बन्दै थिए ।  

कहिले मम पकायो, कहिले समोसा अनि कहिले पकौडा । बजारमा पाइने जस्तो मीठो नभए पनि त्यसमा मेरो मिहिनेत हुन्थ्यो, हरेक ममका डल्ला, समोसा र पकौडाका आ–आफ्नै कथा । अहो ! त्यसरी खानुको मज्जा नै बेग्लै ।  

गाउँ खाने कथामा गाउँ जितेर मैले काठमाडौ, पोखरा र मुस्ताङलाई एकलौटी बनाएकी थिएँ । साहित्यमा रुचि बढ्दै थियो । मुनामदन, क्लासिक टेल्स फर चिल्ड्रेन, द वल्ड अफ चिल्डे«न्स नलेज, कति धुनु गधाहरू, तोत्तोचान, झ्यालमा रमाउने त्यो सानी केटी र चुट्किलाका किताब पढेर सकें । त्यसपछि अनलाइनमा बाल साहित्यका ब्लग पढ्न सुरू गरें ।  

त्यस्ता अनलाइनमा मेरै उमेरकाले पनि लेखेको पढ्न पाएँ । उनीहरूका लेख प्रेरणा स्रोत बने । नागरिक दैनिक र सेतोपाटी मेरा लागि प्रिय बन्दै गए । नियमित जस्तै पढ्न थालें । बिस्तारै आफैंले पनि लेख्न सिकें । परिवारले पनि राम्रो साथ दियो ।  

सुरुसुरुमा स्कुल जान नपरेर मख्ख परेकी मलाई बिस्तारै स्कुलको यादले सताउन थाल्यो । साथीसँग खेलेको र चौरमा डुलेको सम्झि रहन्थे । थपिएको लकडाउनले फिटिक्कै खुसी दिएन । घर नै मलाई पिँजडा लाग्न थालिसकेको थियो । यत्तिकैमा स्कुलले अनलाइन कक्षा सुरु ग¥यो । सर र मिसलाई पढाउनै गाह्रो । स्लाइड पनि त्यति आकर्षक हुन्थेन्न । सर र मिस बोल्दाबोल्दै बीचैमा कसैले प्वाक बोल्दिने, कहिले के त कहिले के । समस्या नै समस्या । तर ४–५ दिनभित्रै हामीसँगै  सररमिस पनि बानी पर्नुभयो । अचेल त स्लाइड पनि आकर्षक हुन्छ । कक्षा पनि व्यवस्थित ।  

अझै पनि इन्टरनेटको समस्या हटेको छैन । हरेक दिन केही न केही समस्या आउँछ । कतिपय साथी डाटा चलाएर पढ्न आउँछन् । उनीहरूको त झन् बिजोगै  हुन्छ । कतिपय गाउँ गएका साथी चाहिँ यस्तो अनलाइन क्लास लिनबाट इन्टरनेट नचलेकै कारण बन्चित भएका छन् । कति दुःख लाग्दो कुरो !

आजकाल दैनिकी फेरीएको छ । भविष्यमा तरकारी अभाव होला भनेर ममिले करेसाबारी र कौसीमा तरकारी खेती लगाउनु भएको छ । म पनि ममिलाई सहयोग गर्छु ।  

धन्न मैले भोग्न परेन । म पनि रामेछाप वा ओखलढुंगा गएकी भए त्यस्तै हुन्थ्यो होला ! अब उनीहरूको पढाई के होला ? मैले उनीहरूलाई कसरी सहयोग गर्न सक्छु होला भनेर बेलाबेलामा सोच्ने पनि गर्छु ।  

आजकाल दैनिकी फेरीएको छ । भविष्यमा तरकारी अभाव होला भनेर ममिले करेसाबारी र कौसीमा तरकारी खेती लगाउनु भएको छ । म पनि ममिलाई सहयोग गर्छु । बिहान सबेरै उठेर योग र कसरत गर्छु अनि बिना दूधको चिया खान्छु । भाइसँग खेल्छु । अनलाइन कक्षा पढ्छु । होमवर्क गर्छु । पत्रपत्रिकामा बालबालिकासँग सम्बन्धित लेख खोजीखोजी पढ्छु । सम्भव भएसम्म लेख्छु । केही लेख छाप्नका लागि अनलाइन र पत्रिकामा पठाउँछु । केही त्यतिकै मोबाइलमा सुरक्षित राखेकी छु ।  

एलिसा घिमिरे  

शारीरिक सँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण रहेछ भन्ने मैले लकडाउनमा बुझें । त्यसैले त समय तालिका बनाएर सोही अनुसार दैनिकी चलाएकी छु । हरेक कुरा व्यवस्थित गर्ने प्रयासमा छु । सुखमा न मात्तिन र दुःखमा नआत्तिन मलाई ममिले सिकाउनु भएको छ । त्यसैले त मैले यस्तो अप्ठेरोे बेलामा पनि आफुलाई सम्हालेकी छु । एकै छिन भए पनि बाहिर गएर साथीहरू भेटौ कि झैं लागेको छ तर फेरि कोरोना सम्झन्छु अनि केहि न केही काममा घरमै व्यस्त हुन्छु ।  

लकडाउनले मेरा पूर्ववत योजना चकनाचुर बनाए पनि मैले सिक्न छोडिनँ । मेरा लेख प्रकाशित गरिदिएर हौसला बढाउनेहरूलाई विशेष धन्यवाद छ । हरेक कठिन समय आफैंमा अवसर बन्न सक्छ बरु दृष्टिकोण सहि हुनुपर्छ अनि निरन्तरता दिन सक्ने हिम्मत चाहिन्छ । 

प्रकाशित: २५ जेष्ठ २०७७ ०१:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App