१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

बालबालिकासँग राष्ट्रपति

प्रयत्ना सिलवाल,
 कक्षा ३, ग्यालेक्सी पव्लिक स्कुल, ज्ञानेश्वर,काठमाडौं ।

यस वर्षको माघे संक्रान्तिको  दिन मामु र बाबासँगै म राष्ट्रपति निवास पुगेको थिएँ। त्यहाँ धेरै साथीहरू रंगीविरंगी लुगा लगाएर आएका थिए।  सुरुमा  खाना खायौं। खाना खाएपछि सबै साथीहरूलाई राष्ट्रपति भवन घुम्न लगियो। म पनि तिनै साथीहरूको पछि लागेँ। त्यतिखेर मात्रै  थाहा पाएँ ती साथीहरू बाल मन्दिरमा बस्नुहुने रहेछ। बालमन्दिरमा बाबामामु नभएका साथीहरू बस्नुहुनेरहेछ भन्ने कुरा मामुले भनेपछि थाहा पाएँ। एक जना सरले हामीलाई राष्ट्रपति भवन वरिपरि  घुमाउनुभो। सरहरूले त्यहाँको बगैचा, राष्ट्रपतिको मिटिङ हल, खाना खाने ठाउँ र  सुत्ने ठाउँ देखाउनुभयो।

त्यसपछि हामी  भित्र छि-यौं। कार्यक्रम सुरु भयो।  म बालबन्दिरका साथीहरूसँग बसेको थिएँ। पछि मामुसँगै बसेँ त्यहाँ हाम्रा लागि कथा कविता लेख्नुहुने गायत्री विष्ट ठूलो मामु र रामबाबु सुवेदी बुबा पनि हुनुहुन्थ्यो । माघीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकासँगै खाना खाने र रमाउने  इच्छा गर्नुभएर कार्यक्रम आयोजना गरिएको कुरा कार्यक्रम चलाउने अंकलबाट  थाहा भयो। सुरुमा ‘चिँ मुसी चिँ’ भन्ने गीतमा तीन जना दादा नाच्नुभयो।

दादाहरूले नाचेको देखेर सबैले ताली बजाए। त्यसपछि एक जना दादाले मनविनाको धन ठूलो कि धन विनाको मन भन्ने गीत गाउनुभयो। उहाँले गीत गाउँदा पनि सबै जना चुपचाप भएर सुनिरहे। बालमन्दिरकै अर्का दादाले बाँसुरी बजाउनुभयो। त्यसपति सानासाना बहिनीहरूले नाचे। त्यसपछि राष्ट्रपतिले अगाडिबाट बोल्नुभयो। राष्ट्रपतिज्यूले बालबालिकासँग माघेसंराती मनाउँदा खुसी लाग्यो  भन्नुभयो। त्यपछि सबैलाई राष्ट्रपतिज्यूसँग फोटो खिच्न बोलाउनुभयो। म पनि दोस्रो ग्रुपमा  गएर राष्ट्रपतिज्यूको पछाडि उभिएँ। फोटो खिच्ने अंकलले हाँस्न भन्नुभयो हामीले चजि भन्यौ। राष्ट्रपतिज्यूले पनि चिज भनेर हाँस्नुभयो।

राष्ट्रपतिलाई मैले पनि हजुरलाई थ्यांक्स  भने उहाँले के के सोध्दै हुनुुहुन्थ्यो  तर बोल्नै पाइएन। सुरक्षाकर्मी अंकलहरूले तल झर्न भन्नुभयो। त्यसपछि हामी बाहिर निस्कियौ। ढोकामा एकएक वटा  किताव उपहार राखिएको रहेछ। बोकेर  मामुसँगै घर आएँ। साना साना साथीहरूसँगै राष्ट्रपतिज्यूलाई भेट्न पाउँदा खुशी हुँदै बाबामामुसँगै घर फर्किएँ।

प्रकाशित: १८ माघ २०७६ ०४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App