२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

किनकि म छोरी हुँ मलाई पढ्नु छ

कमला भासिन

कमला भासिन

एक बुबा आफ्नो छोरीलाई भन्छ–
पढ्नु छ ! पढ्नु छ ! तिमीलाई किन पढ्नु छ ?
पढ्नका लागि छोरा काफी छ, तिमीलाई किन पढ्नु छ ?
छोरी बुबालाई भन्छिन्–
सोध्नुभयो त सुन्नुस्, मलाई किन पढ्नु छ !
किनकि म छोरी हुँ मलाई पढ्नु छ

पढ्नका लागि मलाई मनाही छ, त्यसैले पढ्नु छ
ममा पनि युवावस्थाको जोस–जाँगर छ, त्यसैले पढ्नु छ
सपनाहरूले उचाइ छुँदै छ, त्यसैले पढ्नु छ
केही गर्नु छ भन्ने मनमा आएको छ त्यसैले पढ्नु छ
किनकि म छोरी हुँ मलाई पढ्नु छ

मलाई दैलो–दैलो भड्किँदै हिँड्नु छैन, त्यसैले पढ्नु छ
मलाई आफ्नै डरसँग लड्नु छ, त्यसैले पढ्नु छ
मलाई आफैँ मौलाएर फक्रिनु छ, त्यसैले पढ्नु छ
किनकि म छोरी हुँ मलाई पढ्नु छ

कैयौँ अपराध हिंसाबाट बच्नु छ, त्यसैले पढ्नु छ
कैयौँ कानुन र न्यायलाई बुझ्नु र बदल्नु छ, त्यसैले पढ्नु छ
मलाई नयाँ धर्मको रचना गर्नु छ, त्यसैले पढ्नु छ
मलाई सबै कुरा त बदल्नु छ, त्यसैले पढ्नु छ
किनकि म छोरी हुँ, मलाई पढ्नु छ

हरेक ज्ञानीलाई आवाज उठाउन लगाउनु छ, त्यसैले पढ्नु छ
मीराको गीत गाउनु छ, त्यसैले पढ्नु छ
मलाई आफ्नो लक्ष्यको बाटो बनाउनु छ, त्यसैले पढ्नु छ
किनकि म छोरी हुँ मलाई पढ्नु छ।
(अनुवादक : रत्ना श्रेष्ठ)

प्रकाशित: २८ भाद्र २०७६ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App