८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

लक्ष्यभन्दा पाँच प्रतिशत बढी राजस्व असुली

आन्तरिक राजस्व कार्यालय दमौली, तनहुँको भवन। तस्बिरः श्रीहरि/नागरिक

तनहुँ– आन्तरिक राजस्व कार्यालय दमौलीले लक्ष्यभन्दा पाँच प्रतिशत बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७५/७६ को मंसिरबाट वैशाखसम्म ६ महिनाको अवधिमा लक्ष्यभन्दा पाँच प्रतिशत राजस्व असुल गरेको कार्यालयले जनाएको छ।

कार्यालयले वैशाखसम्म कुल तीन अर्ब ८४ करोड ८३ लाख राजस्व संकलन गरेको हो। कार्यालयलाई वैशाखसम्म कुल तीन अर्ब ६६ करोड, ८८ लाखको लक्ष्य रहे पनि लक्ष्यभन्दा १७ करोड ९५ लाख रकम बढी असुल गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय दमौलीका सूचना अधिकारी तथा कर अधिकृत मोहनरमन त्रिपाठीले बताए। ‘लक्ष्यभन्दा पाँच प्रतिशत बढी कर असुली गर्न सफल भएका छौं,’ उनले भने।

त्यस्तै, कार्यालयले वैशाख महिनामा मात्र ६६ करोड कर असुली गरेको छ। कार्यालयलाई वैशाख महिनामा कुल ५६ करोड ४६ लाख लक्ष्य रहेकोमा लक्ष्यभन्दा सत्र प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी त्रिपाठीको भनाइ छ।

गत आर्थिक वर्षसम्म करदाता सेवा कार्यालयको रूपमा रहेको कार्यालय यस आर्थिक वर्षबाट आन्तरिक राजस्व कार्यालयको रूपमा तनहुँसहित चार जिल्लामा सेवा दिँदै आएको छ।

आन्तरिक राजस्व कार्यालय दमौलीले आर्थिक वर्ष २०७५/७६ को मंसिरबाट वैशाखसम्म लक्ष्यभन्दा पाँच प्रतिशत बढी राजस्व संकलन गरेको छ।

कार्यालयले आम सेवाग्राहीलाई कर शिक्षासम्बन्धी सचेतनालगायतका कार्यक्रम गर्दै आएको कार्यालयका प्रमुख कर अधिकृत सूर्य सेढाईंले बताए। ‘हामीले मनाङ, गोरखा, लमजुङ तथा तनहुँका विभिन्न स्थानमा पुगेर कर सचेतनासम्बन्धी सचेतनामूलक कार्यक्रम गरेका छौं,’ उनले भने। मनाङको चामे, धारापानी, पिसाङलगायतका स्थानमा कर सचेतना कार्यक्रम सम्पन्न गरेको कार्यालयका प्रमुख कर अधिकृत सेढाईंले बताए।

लमजुङ, गोरखाका विभिन्न स्थान र तनहुँको भिमाद, खैरेनीटारलगातयका स्थानमा करदाता शिक्षाका बारेमा जानकारी गराएको सेढाईंको जिकिर छ। समयसमयमा दर्ता अनुगमन गर्ने, दर्ता भएर कर नतिर्नेलाई नियमअनुसार कारबाही प्रक्रियामा ल्याउनेलगायतका काम अगाडि बढाएको कार्यालयले जनाएको छ।

प्रत्येक दिन कर चेतना र कर तिर्ने वातावरण बनाउन कार्यालय लागिपरेको कार्यालय प्रमुख सेढाईं बताउँछन्। ‘कार्यालयले कर उठाउन प्रचारात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक कार्यलाई अगाडि बढाएको छ,’ उनले भने।

सेवालाई प्रभावकारी एवं विश्वसनीय बनाउन अनलाइन सेवामा आमसेवाग्राहीलाई जानकारी दिने तथा सेवालाई चुस्त बनाउन कार्यालय लागेको कार्यालय प्रमुख कर अधिकृत ढकालको दाबी छ।

आन्तरिक राजस्व कार्यालय तनहुँले यसै आर्थिक वर्ष सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा र मनाङ जिल्लाका करदाताहरूलाई सेवा दिँदै आएको छ।

२०६८ सालदेखि करदाता सेवा कार्यालयको रूपमा रहेको कार्यालय नेपाल सरकारको २०७५ साल असार २० गतेको निर्णयअनुसार चार जिल्ला हेर्नेगरी कार्यालयको स्तरोन्नति गरिएको थियो।

प्रकाशित: ३ जेष्ठ २०७६ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App