२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

६ दिनको यात्रा ६ घण्टामा

निशीखोलामा मध्यपहाडी लोकमार्ग। तस्बिरः नागरिक

बागलुङ– केही वर्ष अगाडिसम्म जिल्लाको निशीबाट सदरमुकाम आइपुग्न एक साता लाग्थ्यो। सडक सञ्जालको पहुँच नहुँदा पैदल हिँड्नुपथ्र्यो। जिल्ला सदरमुकाम बागलुङ बजार भएका कारण प्रशासनिक कामका लागि जति समय लागे पनि आउनैपर्ने बाध्यता थियो। कतिपय बुर्तिबाङ झरेर गल्कोट हुँदै बागलुङ आउँथे भने कतिपय तमानखोलाबाट सोलेडाँडा निस्केर म्याग्दी हुँदै बागलुङ बजार आउँथे।

पश्चिम बागलुङका धेरैजसो जनताले हाम्रो सेवाका लागि जिल्लाका कार्यालय खोलिएका छन् भन्ने कुराको महसुस नै गर्न पाएनन्। काम परेर जिल्ला सदरमुकाम आउनैपर्ने भए दुर्गममा जन्मिएको आफैंलाई धिक्कार्दै साता दिन लगाएर आउनुपर्ने बाध्यता थियो।

अहिले भने सडक सञ्जालको सहज पहुँचले ६ दिनको बाटो छोटिएर ६ घण्टा भएको छ। अहिले स्थानीयले यातायात मात्र होइन, सञ्चारको पनि सहज उपभोग गर्न पाएका छन्। बागलुङ जिल्लाको निकै विकट मानिने निशीखोला अहिले सुगम बन्दै गएको छ।

बागलुङ सदरमुकाम हुँदै रुकुम जोड्ने मध्यपहाडी लोकमार्गले निशीखोलेको जीवनशैली नै परिवर्तन गरिदिएको छ। गाउँको बीचबाटै मध्यपहाडी लोकमार्ग रुकुमसँग जोडिएपछि यातायातमा सहजता भएको छ भने सामान ढुवानीमा समेत सजिलो भएको स्थानीय हेमबहादुर बुढामगर बताउँछन्।

बागलुङ सदरमुकाम हुँदै रुकुम जोड्ने मध्यपहाडी लोकमार्गले निशीखोलेको जीवनशैली नै परिवर्तन गरिदिएको छ।


‘पहिले–पहिले केही काम प¥यो कि सदरमुकाम धाउनुपथ्र्यो,’ बुढा भन्छन्,‘अहिले जानैपर्ने कामबाहेक अरू यहीँ उपलब्ध हुन थालेको छ। पाँच दिन लगाएर जाने बागलुङ बजार अहिले पाँच÷छ घण्टामै पुग्न सकिने भएको छ।’ मध्यपहाडीले चिरेसँगै अब निशीका थाप्लोबाट दुर्गम शब्द मेटिएको उनको भनाइ छ।
‘पहिले–पहिले त निशीबाट आएको भन्दा बागलुङका मान्छेहरू निशी कहाँ पर्छ भनेर सोध्थे,’ उनी सम्झन्छन्,‘अहिले बागलुङबाट केही घण्टामै यहाँ आउन सकिने भएको छ।’ निशी क्षेत्रमा जडीबुटी, भाँगो र भेडाबाख्रा बढी मात्रामा उत्पादन हुने भएकाले सडकले यहाँ उत्पादन हुने वस्तुहरू बजारसम्म पु¥याउन थप सहज भएको बुढामगरको भनाइ छ। ‘पहिले त हामीले यहाँ जे उत्पादन गथ्र्यौं त्यो हामी आफंैले प्रयोग गर्ने गथ्र्यौं बाँकी रहेको पुशपन्छीलाई खुवाउनुपथ्र्यो,’ उनले भने,‘अब त सजिलै बजारसम्म पु¥याउन सक्ने भएको छ।’

सडकको सहज पहुँच पुगेपछि अब निशीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने स्थानीय कुशल बुढाको तर्क छ। ‘निशीमा छुट्टै भेषभूषा, कला संस्कृति र रीतिरिवाज छ। थुप्रै कला संस्कृति लुकेर रहेका छन्,’ उनले भने,‘यसको प्रचारप्रसार गर्न सके यो ठाउँ पर्यटनका हिसाबले पनि गतिलो गन्तव्य बन्नसक्छ।’
पुतली नाच, कापै खेल निशीखोलाको परम्परार र चिनारी भएको बताउँदै यस्ता परम्परा देशविदेश पु¥याएर पर्यटक तान्न सकिने उनको विश्वास छ।लोकमार्ग पुगेपछि निशीका सडक छेउछाउमा बस्तीसमेत बढ्न थालेको छ। बस्ती बढ्दै जाँदा सडकछेउका जग्गाको मूल्यसमेत अकासिँदै गएको छ। सडक नआउँदा प्रतिआना १० हजार पर्ने जग्गाको हाल सडकले जोडिएपछि पाँच लाख रुपैयाँमा कारोबार गरेको स्थानीयबलिभद्र बुढामगरले बताए।

‘पहिले–पहिले कसैले यहाँ जग्गा किन्दैनथे, गाउँमा सडक नआउँदा बाँझैंरहेका जग्गा अहिले घडेरीमा परिणत भएका छन्,’ उनले भने,‘गाउँमा सडक आउला भनेर सोचेका पनि थिएनौं। अहिले गाउँमा जग्गाको मूल्य अकासिएको छ।’ गाउँमा जग्गा बेचेर तराईमा जग्गा लिएकाहरू अहिले पछुताउने अवस्था आएको उनी बताउँछन्। ‘पहिले दुर्गम भनेर सस्तोमा जग्गा बेचेर तराईमा घडेरी किनेकाहरू अहिले पछुताउनुपरेको छ,’ उनले भने।

अहिले सडकको सहज विस्तार भएपछि बसाइँसराइसमेत कम हुँदै गएको छ। ‘लामो समयसम्म हामी बागलुङ जिल्लाका हौं कि होइनौं भन्ने द्विविधा थियो, सरकारी सेवा सुविधा पाउने अवस्था नै थिएन,’ निशीखोला गाउँपालिका अध्यक्ष तारानाथा पौडेल भन्छन्,‘अहिले सडक र सञ्चारको सहज पहुँचले नजिकै बनाएको छ।

विगतको तुलनामा बसाइँ सरेर जाने क्रम पनि केही कम भएको छ।’ पछिल्लो समय निशीखोलामा जग्गाको किनबेच समेत बढ्दै गएको उनको भनाइ छ। सडक छेउछाउमा होटल व्यवसाय गर्नेहरू पनि बढेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधेदेखि बुर्तिबाङसम्म कालोपत्रे भइसकेको छ। निशीखोला क्षेत्रमा अहिले कालोपत्रेको काम सुरु भएको छ।

प्रकाशित: २८ वैशाख २०७६ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App