२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

दिनभर फुर्तिलो हुन चाहानुहुन्छ ? बिहान गर्नुस् यी शारीरिक अभ्यास

निद्रा पूरा नभए वा अन्य समस्याले कहिलेकाहीँ दिनभर मानिस सुस्त बन्छ। काम गर्न मन लाग्दैन। यो समस्या शारीरिक अभ्यास गरेर हटाउन सकिन्छ। बिहान १० मिनेटको शारीरिक अभ्यासले शरीर फुर्तिलो बनाउन सकिन्छ। त्यति मात्रै होइन, यसले राती निद्रा नलाग्ने समस्याबाट पनि मुक्त गराउँछ।

स्ट्रेचिङ
शारीरिक अभ्यास गर्नुअघि सबैभन्दा पहिला स्ट्रेचिङ गर्नु आवश्यक हुन्छ। यसले शरीरलाई शारीरिक अभ्यासका लागि तयार पार्छ।
तरिका
सबैभन्दा पहिला आफ्नो दुई ओटै खुट्टाबीच केही अन्तर राखेर सिधा उभिनुस्। त्यसपछि आफ्ना हातलाई माथि उठाउनुस्। हातलाई जति माथि उठाउन सकिन्छ, उठाउनुस्। १० सेकेण्ड आराम गरेपछि पुनः सुरुकै अवस्थामा फर्किनुस्।

त्यसपछि आफ्नो हातलाई दायाँ–बायाँ फैलाउनुस्। र, विपरीत दिशामा लगेर कम्मर स्ट्रेच गर्नुस्। यसपछि हातलाई पुनः माथि उठाउनुस् र झुकेर खुट्टाको औँलालाई छुनुस्। यो क्रिया कम्तीमा ६–६ पटक गर्नुस्। यसले शरीर स्ट्रेचिङ गर्नेछ।
पावर पुस अप्स
स्ट्रेचिङ गरेपछि तपाईंको शरीर शारीरिक अभ्यासका लागि तयार हुनेछ। अब तपाईं पुस अप्स गर्न सक्नुहुनेछ। यसले शरीर, हात–खुट्टालाई फाइदा मिल्नेछ।

प्रकाशित: १४ वैशाख २०७६ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App