२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्य

टिकट लिन लाइनमै बित्छ दिन

भक्तपुर अस्तालको टिकट काउन्टर अगाडि केही दिनअघि एक अधबैसे महिला चिच्याएर कराउँदै थिइन्। उनी नानीमाया कार्की थिइन्। उनी भक्तपुरको भक्तपुर अस्पतालमा दातँको चेकअप गराउन आएकी रहिछिन्। उनी रिसाउँदै भनिरहेकी थिइन, ‘यो अस्पतालमा नयाँ प्रविधि राखेको के काम? कि त पहिले भन्नुप-यो।’

दुई घन्टाभन्दा बढी लाइनमा बसेर पालो आएपछि टोकन चाहिन्छ रे भनेपछि उनी रिसाएर चिच्याएकी थिइन्। उनी भन्छिन्, ‘अघि नै किन नभनेको त? यत्रो समय लाइन बसेपछि फेरि लाइन बस्नुप-यो होइन?’

एक त बिरामी भएर अस्पताल आउने केही समस्या लिएर, त्यसमाथि लाइन एक पटक चेकअप गराउन दिनभर लाइन बस्नुपरेर थप बिरामी हुनुपर्ने अवस्था आएको उनले सुनाइन्।

अस्पतालमा टिकट लिनका लागि लाइनलाई व्यवस्थित गर्नका लागि टोकन प्रणाली बनाउँदै आएको छ। तर, त्यो प्रणाली सर्वसाधारणले थाहा नपाउँंदा दुई–तीन घण्टा लाइन बसेपछि मात्रै थाहा पाएर फेरि दुई तीन घण्टा लाइन बस्नुपर्ने भएकोमा उनी आक्रोशित भएकी थिइन्।

यो विषयका जानकारीका लागि अस्पतालले लाउडस्पिकरमा बजाइराखेको छ। तर, भीडभाडमा केही आवाज नसुन्ने भइ समस्या भएको उनले बताइन्। अस्पतालको भीडले त्यो लाउडस्पिकरमा के बजिराखेको थियो केही आवाज नै नसुन्ने उनी बताउँछिन्। उनी रिसाएर भन्छिन्, त्यो किन बजाइराखेको नै थाहा छैन, भन्नुपर्छ नि यसको लागि बजाएको हो भनेर। यस्ता नयाँ सेवा राखिएको छ भनेर अस्पतालले जानकारी गराउने पर्ने उनी बताउँछिन्। उनी थप्छिन्, ‘बिरामीहरु सधैं अस्पताल आउँदैनन् नि? बिरामी भएपछि त आउने हो।’ अस्पतालमा के नयाँ सुविधा भयो बिरामीलाई थाहा नहुने उनी बताउँछिन्। त्यसैले नयाँ प्रविधि राखेपछि अस्पतालमा आउने बिरामीलाई पनि जानकारीको लागि कोही राख्नुपर्ने उनी सुनाउँछिन्।

उनी रिसाएर भन्छिन्, टोकन सिस्टम गरेपछि मान्छेहरु लाइनमा नबस्नुपर्ने नि? टोकन सिस्टम भनेको छ, सबैजना लाइनमा बसेका छन्। अनि कसरी थाहा हुन्छ? टोकन सिस्टम भएपछि सबैजना आ आफ्नो ठाउँमा बसेर आफ्नो पालो आएपछि मात्र काउन्टरमा जानुपर्ने उनी बताउँछिन्।

त्यस्तै समस्या भोेगेकी अर्की भावना यादव पनि हुन्। उनी टोकन सिस्टम भनेर थाहा भएपछि टोकन लिएको बताइन्। उनी भन्छिन्, टोकन त लिए तर पैसा तिर्नुपर्ने ठाउँमा नयाँ विरामीको टिकट लिने टोकन लिएछु। आफ्नो पालो आएपछि यो टोकन होइन भनेर फिर्ता पठाएको उनी सुनाउँछिन्।

हामीलाई त थाहा थिएन दिने मान्छेले त भन्नुपर्ने  उनी बताउँछिन्। भक्तपुर अस्पतालमा नयाँ नयाँ सुविधाहरु त ल्याएको देखिन्छ तर त्यसलाई विरामीहरु सामु भने पुर्याउन नसकेको उनी बताउँछिन्। दिनभरको दोहोर लाइन वस्नुपर्दा विरामी नभएको मान्छे पनि अस्पतालमा विरामी हुने उनी बताउँंछिन्। यस्तो झनझट् भएपछि झन विरामी नभएको मान्छे पनि विरामी हुन्छ, उनी भन्छिन्। उनी भन्छिन्, विरामीहरु प्राइभेट अस्पताल गयो रे? सरकार अस्पताल हुँदाहुँदै। अनि कसरी नजाओस् त?

सरकारी अस्पतालको सुविधा अस्पतालका कर्मचारीलाई मात्र थाहा हुने गरी बनाएपछि बिरामी बाध्य भएर प्राइभेटमा जाने उनी बताउँछिन्। सरकारी अस्पतालमा पनि भएको सुविधा बिरामीसामु तथा सर्वसाधारण जानकारी गराए सरकारी अस्पतालमा पनि बिरामी आउने उनी बताउँछिन्। ‘कसलाई पो धेरै पैसा तिरेर प्राइभेटमा जान मन छ,’ उनी भन्छिन्।

भक्तपुर अस्पतालमा नगरभित्रका बिरामी मात्र नभई बाहिर जिल्लाका बिरामी पनि उपचारका लागि आउने गरेका छन्। यहाँ दैनिक ५–७ सय बिरामी उपचारका लागि आउने गरेको अस्पतालको तथ्यांकले देखाउँछ। त्यसकारण यहाँ टिकट लिन दुई–चार घण्टा लाइन वस्न सर्वसाधारण बाध्य छन्। दिनभर लाइन बस्नुपर्दा बिरामी नभएका लाइन बसे विरामी पर्ने सेवाग्राही बताउँंछन्।

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले बिरामी टिकट लिन सजिलो बनाउन विद्युतीय टोकन सिस्टम दुई वर्षदेखि सुचारु भएको जानकारी गराए। त्यसको लागि सुविधाको छ भनेर टिकट काउन्टर अगाडि सानो साउन्ड सिस्टममा बजाउने गरेको उनले बताए। भक्तपुर अस्पतालमा टिकट काउन्टरमा ठाउँ अभावले त्यस समस्यालाई समाधान गर्न टोकन सिस्टम गरिएको सुवाल बताउँछन्।

सुवालले भने, ‘भक्तपुर अस्पताललाई रिफर अस्पतालको रूपमा चिन्निछ। त्यसैले यहाँ अगाडि पछाडि केही नहेरी टिकट लिनको लागि लाइनमा बस्नु पर्छ भन्ने दिमागमा बस्ने उनले सुनाए। बिरामीको दिमागमा यो नराम्रो अस्पताल भनेर छाप बसेको हुनाले यहाँ नयाँ केही हुन्छ भन्ने मनमा नभएको सुवाल बताउँछन्। पहिलेभन्दा अहिले यहाँ धेरै राम्रो भएको उनले दाबी गरे । अझै यसलाई व्यवस्थित गर्ने योजना रहेको उनले सुनाए।

भक्तपुरको भक्तपुर अस्पताल देशकै दोस्रो पुरानो अस्पताल हो। यहाँ चिकित्सा वार्ड, सर्जिकल वार्ड, मातृत्व वार्ड (बच्चा जन्माउने वार्ड) रहेका छन्।
अस्पतालले ओपिडीमा बालरोल, स्त्रीरोग, नाक, कान घाँटी, जोर्नी तथा नसा रोग, छाला, दाँत, फिजियोथेरापी र आँखा उपचारको सुविधा दिइरहेको छ।

प्रकाशित: १३ वैशाख २०७६ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App