२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

बालबालिका जिद्धि गर्छन् ? यसो गर्नुस्

बालबालिकालाई बुझ्नु मुस्किल हुन्छ। किनकि बालबालिका कहिले र कहाँ जिद्धि गर्छन् भन्ने कसैलाई थाहा हुँदैन। परिवारका सदस्यबाहेक अरु मानिस भएका बेला यिनीहरू झन् जिद्धि गर्छन्। त्यतिबेला बालबालिकाहरू रुने, कपडा फोहर गर्ने, जमिनमा बस्ने लगायत हर्कत देखाउँछन्। यसले बालबालिकाका अभिभावक मात्रै होइन, वरपरका अरु मानिससमेत हैरान हुन्छन्। यो अवस्थामा बालबालिकालाई सम्हाल्न धेरै गाह्रो हुन्छ। किनकि यो अवस्थामा बालबालिकाहरू न कसैले भनेको सुन्छन् न त चुप लाग्छन्। कतिपयले बालबालिकालाई चुप लगाउन पिट्ने र रिसाउने गरेका छन्। यो गलत हो।
यो अवस्थामा बालबालिकालाई सम्हाल्ने केही उपाय छन्।
ध्यान अन्तै लगाउने
जिद्धि गरेर रुने बालबालिकालाई सम्हाल्ने पहिलो तरिका हो– बालबालिकाको ध्यान अन्तै लगाउने। जस्तै ः बालबालिकालाई मनपर्ने खेलौना तथा खानेकुराको अफर गर्ने, वरपर रहेका राम्रो चिज देखाउने।
बालबालिकाको कुरा बुझ्ने प्रयास गर्ने
बालबालिकाहरू सधैं कुनै कारणले जिद्धि गर्छन् वा रुन्छन्। त्यसकारण पहिला बालबालिका के चाहान्छन्, त्यो बुझ्ने प्रयास गर्नुपर्छ। यसले बालबालिकालाई बुझ्न सहज हुन्छ।
झुटा वाचा नदिने
बालबालिकालाई कहिल्यै पनि झुटा वाचा दिनुहुँदैन। यसले बालबालिका जिद्धि बन्न सक्छन्। जस्तै ः कपडा वा खेलौना किन्ने वाचा गरेपछि नकिनिदिँदा बालबालिकाहरू जिद्धि गर्न सक्छन्। त्यसकारण बालबालिकासँग गरिएका वाचा समयमै पूरा गर्नुपर्छ।
बहस गर्नुहुँदैन
बालबालिकासँग बहस गर्नुहुँदैन। यस्तै, बालबालिकाले जिद्धि गरेका बेला अभिभावकले पनि जिद्धि गर्नुहुँदैन। बालबालिकासँग कुरा नबुझेरै बहस गर्न वा हावी हुन थाल्यो भने बालबालिका झन् जिद्धि गर्छन्।
बच्चाको प्रश्नको उत्तर दिने
कहिलेकाहीँ बालबालिकाले प्रश्न गरेका बेला अभिभावकले जवाफ दिने गरेको पाइँदैन। कतिपयले त बालबालिकाको प्रश्नलाई बेवास्ता गरेको पाइन्छ। यसले बालबालिका जिद्धि हुने सम्भावना हुन्छ।
यससँगै मानिस जम्मा भएका बेला बालबालिकाले विभिन्न प्रश्न सोधेर हैरान गर्छन्, त्यो अवस्थामा शान्तिपूर्ण तरिकाले जवाफ दिनुपर्छ।

प्रकाशित: ७ वैशाख २०७६ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App