११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

सम्पदा संरक्षण अभियान शुरु

काठमाडौं उपत्यकाभित्रका सबैजसो सम्पदा संरक्षण अभियान थालिएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा काठमाडाैँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले नयाँ वर्षसँगै सम्पदा संरक्षणसम्बन्धी अभियानको थालनी गरेका हुन्। गत वर्षभरि ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियान चलाएका थापाले आइतबारदेखि नयाँ ‘हाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ अभियान थालेका हुन्।

काठमाडाैँ क्षेत्र नं ४ को सांसदको कार्यालयमार्फत् शुरु गरिएको उक्त अभियानअन्तर्गत पहिलो कार्यक्रम आज ज्ञानेश्वर भैरवस्थान मन्दिरमा गरिएको कार्यालयका सचिव शङ्कर कुइँकेलले जानकारी दिए। सांसद थापासँगै प्रदेशसभा सदस्यद्वय नरोत्तम वैद्य र राधा घले, स्थानीय जनप्रतिनिधि, वातावरण तथा संस्कृतिविद् तथा स्थानीयवासीले सम्पदाको संरक्षणका बारेमा छलफल गरी सोको संरक्षणको योजना बनाएका छन्। पहिलो कार्यक्रम भएको ठाउँ भैरवस्थान मन्दिरको आज सरसफाइ गर्दै त्यसमा गर्नुपर्ने कामको विवरण तयार पारिएको कुइँकेलले बताए।

अभियानको शुरुआत गर्दै सांसद थापाले पुर्खाले बनाएको सम्पदाको संरक्षण र सम्वद्र्धन गर्नु अहिलेको पुस्ताको दायित्व भएकाले अभियान थालिएको जानकारी दिए। उनले देशले गौरव गर्ने र विश्वमा नेपाललाई चिनाउने माध्यम भएकाले पनि सम्पदाको संरक्षणमा प्राथमिकता दिनुपर्नेमा जोड दिए। नेता थापाले सम्पदाको संरक्षणमा पर्याप्त चासो नदेखिनु चिन्ताको विषय भएको बताए।

‘यसतर्फ ध्यान दिन विशेष गरेर युवा पुस्तालाई आग्रह गरेको छु, यसमा म आफै पनि लागिपर्छु,’ सांसद थापाले सुनाए। उनले यस वर्षलाई सम्पदा संरक्षण वर्षका रुपमा मनाउन लागिएकाले उक्त अभियानअन्तर्गत हरेक महिना कम्तीमा एउटा सम्पदा क्षेत्रमा सरसफाई, छलफल र योजना निर्माण गरिने जानकारी दिए।

 

प्रकाशित: २ वैशाख २०७६ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App