११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

बुङ्मतीको मौलिकता भत्कने खतरा

सम्पदा बस्तिमा ३५ फिट अग्लो घर बनाउन पाइने स्पष्ट सरकारी मापदण्ड भएता पनि ललितपुरको ऐतिहासिक प्राचीन बस्ति बुङमतीमा मापदण्डलाई बेवास्ता गरिएको छ। भूकम्पअघि मौलिक शैलीमा बनाइएका घरको पुनर्निर्माण गर्दा स्थानीय मौलिकताभन्दा बाहिर गएका छन्।
सरकारी निकायले मौलिक घर बनाउनका निम्ति सहजीकरण नगरिदिएको र साँघुरो घडेरी भएकाले अग्लो घर बनाउनु परेको स्थानीय बताउँछन्। ‘हामीले नगरपालिका र वडा कार्यालयसँग बारम्बार सहयोग मागेका थियौं, तर सरकारी निकायले खासै चासो दिएनन्। त्यसैले हामीले जस्तो जान्यौं, त्यस्तै घर बनायौं,’ स्थानीय श्याम मालीले भने।

नेपाल सरकारको मापदण्डअनुसार सम्पदा बस्तिमा ढलान घर बने तापनि त्यसको निर्माण शैली मौलिकता समेटिएको हुनुपर्छ। घरको उचाइ ३५ फिटभन्दा अग्लो बनाउन पाइँदैन। तर, प्राचीन बस्तिमा यो मापदण्ड कुल्चिएर घर बनाइएको छ। बुङमतीको मौलिक शैलीअनुसार यहाँको घरको बाहिरी वालमा इँटा देखाइन्छ। घरको झानो झिंगटीmले छाउने गरिन्छ। भूकम्पअघि यहाँका धेरैजसो घर काँचो इँटाबाट पनि बनाइन्थ्यो। यसरी बनेका मौलिक घरले बनेको बुङमतीको पुरानो चिनारी बिस्तारै गुम्दैछ।

१३ सय घरधुरीमध्ये ८ सय ५३ घर भूकम्पमा भत्किए। ती मध्ये जम्मा ८० वटा घर मात्रै बनेका छन्। त्यो पनि स्थानीयको आफ्नै प्रयाशमा। अन्य घरको भग्नावशेष यथावतै छ। सरकारले दिएको पहिलो किस्ताले घरको भग्नावशेष पनि उठाउन नसकेका स्थानीयको पीडामा मलम लगाउन कोही अघि सरेका छैनन्।

३ वर्षमा १० प्रतिशत पनि घर बनेनन्
भूकम्प दिवसकै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले रिबन काटेर बुङमतीबाटै राष्ट्रिय पुनर्निर्माण महाअभियान सुरुवात गरेका थिए। तर, बुङमतीमा हालसम्म जम्मा १० प्रतिशत घर मात्रै बनेका छन्। ती घर पनि स्थानीयले आफ्नै प्रयासमा बनाएका हुन्। यसबाहेक यहाँका ऐतिहासिक संरचना निर्माणको काम समेत अलपत्र गरेको छ। ऐतिहासिक किंवदन्ती बोकेको प्राचीन बस्तिलाई प्राथमिकतामा राख्दै त्यतिबेलाको सरकारले पुनर्निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाउँदै पुनर्निर्माणको काम थालेको थियो। तर अवस्था कस्तो छ भने कतिपय स्थानीयले भत्किएका घरको भग्नावशेष समेत हटाउन सकेका छैनन्।

१३ सय घरधुरीमध्ये ८ सय ५३ घर भूकम्पमा भत्किएका थिए। त्यसमध्ये जम्मा ७५÷८० वटा मात्रै घर बनेका छन्। अन्य घरको भग्नावशेष यथावत छ। सरकारले दिएको पहिलो किस्ताले घरको भग्नावशेष पनि उठाउन नसकेको स्थानीयको भनाइ छ। बुङमतीमा राजा मानदेवको पालामा इस्वी संवत् ६०७ ताका बस्ती बसेको इतिहास छ। प्राचीन र मौलिक बस्ति भएकाले पूरानै ढाँचामा संरचना बनाउने गरी सरकारले यस क्षेत्रबाट महाभियान थालनी गरेको थियो। तर, बस्ती पुनर्निर्माणका लागि भवन निर्माण आचारसंहिता २०७२ नमिल्ने भएपछि सरकारले नयाँ मापदण्ड बनाएर बस्ती पुनर्निर्माणको बाटो खोलिसकेको छ।

ललितपुर महानगरपालिका–२२ का वडाध्यक्ष अमिरराज शाक्यले बुङमती  हालसम्म ७५÷८० वटा मात्रै घर बनेको बताए। उनका अनुसार कतिपय स्थानीयले जर्बजस्ती मापदण्ड मिचेर घर बनाएका छन्। नगरपालिकाको मापदण्डलाई कुल्चेर यस क्षेत्रका धनी व्यक्तिले नै यसरी मापदण्ड मिचेको उनको भनाइ छ। वडाध्यक्ष शाक्यले आर्थिक अभावका कारण स्थानीयले घर बनाउन नसकेको जानकारी दिए। ‘२÷३ आनामा बनेका घर छन्। पहिलेको सानो परिवार बढ्यो। जसका कारण एउटै घरमा बसेका दाजुभाइ बीच विवाद बढ्यो छ। सरकारले दिएको अनुदान सहयोग पनि अप्ठेरो छ,’ उनले भने, ‘वडाले सकेसम्म समन्वय गरिदिएको छ।’ उनका अनुसार यो क्षेत्रलाई सम्पदा बस्तीको रुपमा सरकारले घोषित गरिसकेको छ। स्थानीयले घर बनाउँदा ३३ फिटभन्दा अग्लो बनाउन पाउँदैनन्। घरको छानोमा झिंगटी र जस्तापाता प्रयोग गर्नुपर्ने मापदण्ड छ।

बुङमती क्षेत्र विकास तथा पुनर्निर्माण समितिका अध्यक्ष प्रेमभक्त महर्जनले समिति घर बनाउनको लागि इन्जिनियरलाई तालिम दिइरहेको जानकारी दिए। उनका अनुसार सरकारी मापदण्डका कारण यसअघि पुनर्निर्माणमा ढिलाइ भएको हो। ‘हामीले सकेसम्म पहल गरिहरहेका छौं, केही स्थानीयलाई तालिम पनि दिइरहेका छौं,’ उनले भने, ‘धेरैजसो काम अहिले अघि बढिसकेको छ, स्थानीयलाई सहज हुने गरी हामीले काम अघि बढाएका छौं।’

प्रकाशित: १८ चैत्र २०७५ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App