१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

मुखै रसाउने तितौरा

व्यापारको निश्चित सिजन हुन्छ । तर, तितौराको हकमा यो कुरा लागू हुँदैन । यसको सिजन बाह्रै महिना हो । तितौरा भन्नेबित्तिकै धेरैको मुखमा पानी रसाउँछ । जाडो वा गर्मी दुवै सिजनमा यसको व्यापार हुने गरेको छ । तर, गर्मीमा बढी व्यापार हुने गरेको व्यापारी बताउँछन् । गर्मी महिनामा खाना नरुच्ने भएकाले त्यतिबेला बढी बिक्री हुने गरको व्यापारी अड्कल काढ्छन्। 
अमिलो मनपराउनेमा पुरुषको तुलनामा महिला बढी छन् । खासगरी युवतीहरू तितौरा/पाउँ भनेपछि हुरुक्कै हुन्छन् । त्यसैले पनि होला– पाउँ पसलमा महिलाको भीड देखिन्छ । केही दिनअघि भक्तपुरको दरवार स्वायरको हाडा पसलमा तितौरा किन्दै थिइन, पूजा थापा । उनले भनिन्, ‘म तितौरा खानकै लागि काठमाडौंबाट यहाँ आएकी ।’ गर्मीमा तितौरा खान मनपर्ने उनले सुनाइन् । ‘जाडोमा पनि नखाने त होइन । तर, गर्मीमा खानुको रमाइलो नै अर्कै हुन्छ,’ उनले भनिन् । 

किन खान्छन् पाउँ/तितौरा
धेरैलाई तितौरा किन खान्छन् भनेर प्रश्न गर्दा धेरैले मुखको स्वादको लागि भन्ने गदर्छन् । तर होइन् तितौरा अर्थात अमिलो पनि हाम्रो शरीरको लागि चाहिने एउटा महत्पूर्ण चीज हो । तितौरोबाट हामीलाई हाम्रो शरीरलाई चाहिने एसिड प्राप्त हुन्छ  । जुन अरु खाद्य पदार्थबाट आपूर्ति हुर्दैन । त्यसैले थोरै या धेरै अमिलो खानु आवश्यक छ ।

सबैभन्दा धेरै विक्री हुने पाउँ
भक्तपुर दरवार स्वायरको प्रख्यात पाउँ पसलमा धेरै आपँको पाउँ विक्री हुने गरेको दिनेश हाडाले बताए । उनले आपको पाउँ धेरै मनपराउने भएकोले यो पाउँ नै धेरै विक्री हुने बताए । कारण यो पहिलादेखि नै भएकोले सबैले मनपराइआएकोले । अरु पाउँहरु त अहिले भर्खर भर्खर बजारमा आएको उनले सुनाए । उनले भने, पाउँको राजा चाहि आपको पाउँ नै हो ? अरु धेरै थरीको पाउँहरु पसलमा राखेतापनि आपँको पाउँ नै किन्न आउछन् अधिकांश ।

मूल्य
अरुको मूल्य त घटबढ् भइरहने गर्दछ । तर तितौरामा खासै घटबढ् नभएको भक्तपुरमा पाउँ पसल राखेर बसेकी प्रमिला श्रेष्ठले बताइन् । करिव २० वर्ष देखि पाउँ पसल राख्दै आएका उनले पाउँमा धेरै नाफा पनि नभएको उनी सुनाउछिन् । उनको पसलमा विक्रि गर्ने पाउँ भक्तपुरको सागँबाट ल्याउने गरेको उनले सुनाइन् । उनी भन्छिन्, गर्मी मौसममा पत्रपत्रिकाहरुमा पाउँको व्यापारले यहि कामयो उत्ति कमायो भन्ने आउँछन् । पत्याउनै गाह्रो । उनले यति धेरै वर्ष भयो पसल राखेको अहिले सम्म त्यति धेरै व्यापार नभएको सुनाउछिन् । अहिले पाउँ एक पाकेटको ५ रुपैया देखि छ । धेरै जासो २० रुपैया, ३० रुपैया, ५० रुर्पैया, १०० रुपैया र २०० रुपैयाको पाउँ पाकेट बजार पाउने गरिन्छ ।

कति प्रकारका छन् पाउँ/तितौरा
तितौरा धेरै प्रकारका छन् । यसलाई यति नै परिकार भन्न सकिदैन् । गुलीयो पाउँ (चाकु पाउँ) लप्सी, आँप, बेची पाउँ, लामो चटपच तितौरा, अमला पिरो तितौरा, खतो तितौरा (खतु पाउँ), ल्यासे पाउँ, यी पाउँहरु धेरै बजारमा विक्री हुने पाउँहरु हुन् । यी पाउँहरुको पनि एउटा पाउँको प्रकार १०–२० थरिको बनाएको हुन्छ । जस्तै लप्सीको पाउँ झोल भएको लप्सीको पाउँ, झोल नभएको, सुख्खा, गुलीयो, पिरो, इत्यादि प्रकारको बनाएको हुन्छ । भक्तपुरको अधिकांश पाउँ भण्डारमा यी सबै प्रकारका पाउँ पाइन्छ ।

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App