१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सुकुल हराउँदैछ

बाबुराजा महर्जन

ललितपुर, सानागाउँका ५५ वर्षीय बाबुराजा महर्जनले सुकुलको काम गर्न थालेको चार दशकभन्दा बढी भइसक्यो। सुकुल गाउँको रूपमा चर्चित सानागाउँका महर्जन सानै उमेरदेखि परालको सुकुल बनाउँदै आएका हुन्। बुनेका सुकुल नोलमा राखेर काठ क्षेत्रमा गाउँ–गाउँ पुगेर बेच्ने गरेको उनले सुनाए। 

सुकुल बुन्ने पेशालाई आधुनिकीकरण गर्नेले   यसबाट जीविका धाने पनि पुरानै पाराले सुकुल बुनेर जीविका चलाउन समस्या परेको उनले सुनाए। खेती मासिँदै जानु र नयाँ पिढीले यसतर्फ रुचि नदेखाएको कारण यो पेशा अब लोप हुने सम्भावना रहेको उनले बताए। ‘मेरो घरबाट सुकुलमा काम गर्ने म नै अन्तिम व्यक्ति हुनेछु,’ उनले भने, ‘छोराछोरीले यो काम केही पनि सिकेका छैनन्।’ 

प्रस्तुति  : उपेन्द्र लामिछाने 

 

प्रकाशित: ७ फाल्गुन २०७५ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App