२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

मिस्टिकल मनास्लु

शुक्रबारदेखि नेपाल पर्यटन बोर्डमा ‘मिस्टिकल मनास्लु’ शीर्षकमा लक्ष्मीप्रसाद ङाखुसीका तस्बिरहरूको प्रदर्शनी सुरु भएको छ। विगत १० वर्षदेखि पटकपटक मनास्लु पदमार्ग घुमेर खिचेका प्रकृति, संस्कृति र जीवनशैली झल्कने ३५ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीले मनास्लु क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा गरिएको छ। नेपाल पर्यटन बोर्डको मासिक फोटो प्रदशर्नी ‘हयास् फोटो नेपाल’ अन्तर्गत सुरु भएको प्रदर्शनीको संयुक्त राष्ट्र संघका नेपाल प्रतिनिधि रेनुद मेयरले शुभारम्भ गरेका हुन्। प्रदर्शनी आउँदो बिहीबारसम्म सञ्चालन हुने फोटो नेपालका संयोजक सुधन सुवेदीले बताए।  
 

प्रकाशित: १९ माघ २०७५ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App