व्याकुृल माइला
भुवन केसीको जस्तो अनुहार छ कि छैन भनेर ऐनामा खूब हेथें।
संगीत
मलाई सानैदेखि गीत–संगीत मनपर्ने। रेडियोबाट गीतको धुन बज्ने बित्तिकै यो गीत भनेर थाहा हुन्थ्यो। विशेषगरी रेडियो नेपालको फर्मायसी कार्यक्रम खुब सुन्थें। आफैंले पनि धेरै पटक फर्मायस गरियो। त्यसरी फर्मायसी पत्र रेडियो नेपाल पठाउने क्रममा त्यसमा बुबाको पनि नाम समावेश गरेको थिए“, पछि बुबाले पनि थाहा पाउनु भएछ। कराउनु भयो तब छोडियो।
पुस्तक
धेरै त पाठ्यपुस्तक पढियो। एसएलसी दिएर बसेपछि मात्र अन्य पुस्तक पढ्न थालियो। हामी तीन दाजुभाइ दाइ गणेश, भाइ दिलीप र मबीच भित्रभित्र को छिटो पढ्ने भन्ने प्रतिस्पर्धा चल्थ्यो। ०४६ सालमा हामी तीनै जनाले एसएलसी दिएका थियौ“ र फुर्सदमा थियौ“। पढ्न सबैभन्दा ढिलो म थिए“। मचाहि“ पढेको टिपोट पनि गर्थें। पुस्तक गणेश दाइले अर्को गणेश राई अर्थात् हलेसी निवासी बाम नेताबाट लिनुहुँदोरहेछ। हामी तीनै दाजुभाइ पास भएछौ“। ०४७ सालमा क्याम्पस पढ्न काठमाडौं आइयो। त्यसपछि भने भनेजस्तो पुस्तक पढ्न पाइयो।
काकाहरूका साथमा पुस्तक कति कति। मेरो उसै बेलादेखि साहित्यमा धेरै रुचि थियो तर कानुन पढ्न प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा भर्ना भइयो। कानुनको विषयवस्तु र भाषाले त्यो बेला पटक्कै छोएन। लेक्चर, पाठ्यपुस्तक मेरा लागि सब निरश थिए। त्यसैले पुस्तकालयमा गएर घण्टौ“ साहित्यिक पुस्तक पढ्थे“। त्यस क्रममा एक दिन किताबभित्रै हराएको छु। क्लास लिन कक्षाकोठा ओर्लिन खोजेको त पूर्व–पश्चिम दिशा नै ठम्याउन सकिन। धेरै समयसम्म अलमल्ल परे“। साहित्यिक संसारमा डुब्दा बाहिरी संसार भुलिएछ।
चलचित्र
चलचित्र पनि गाउ“मा हेर्ने कुरा भएन। सहर आएपछि नै हो हेरेको। हामी काठमाडौंमा नया“नया“ हु“दा चिनो फिल्म खुब सुपर हिट भयो। त्यो फिल्मको गीत ‘मोहनी लाग्ला है गाउ“लेको बोलीले’ साह्रै मन पथ्र्यो। पछि आफू पनि भुवन केसी जस्तै ह्यान्डसम भइएला जस्तो लाग्थ्यो। भुवन केसीको जस्तो अनुहार छ कि छैन भनेर ऐनामा खुब हेर्थें।
प्रकाशित: १९ माघ २०७५ ०३:४९ शनिबार