१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

कस्ताे छ मंसिर महिनाकाे मासिक ग्रहफल ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

उन्नति प्रगतिको योग आएको छ । विवाह हुने योग परेको छ । विद्यार्थीका लागि वैदेशिक यात्राको समय रहेको छ । साथीभाइ इष्टमित्रहरुबाट सरकारी जागिरको योग छ । चर्मसम्बन्धी रोगले केही समय सताउन सक्ने देखिन्छ । सामान्यतया कर्मफल राम्रो छ । नवस्त्री साथीहरुसँग तटस्थ सम्बन्ध राख्नु उचित देखिन्छ । वैदेशिक क्षेत्रमा फल राम्रो छ । परिवारमा मांगलिक कार्यले हर्षोल्लास हुनेछ । जागिरमा विचारअनुरुपको सुविधा कम मिल्नेछ । पहिलेको स्थानभन्दा नवीन स्थान शुभ हुने देखिन्छ । मूलगृहबाट केही अर्थ लाभ प्राप्त गरी नवीन कार्यको शुभारम्भ गर्ने देखिन्छ ।   

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बढी नै दौडधुप गर्दा पनि कार्य सफलतामा कठिनाइ आउनेछ । शिर, पेट, आँखा र दाँतसम्बन्धी सामान्य अल्पकालीन रोग देखा पर्न सक्नेछन् । साथीभाइ इष्टमित्रहरुबाट स्वअर्थ लाभ हुनेछ । मासको मध्य भागमा विदेश यात्राको योग रहेको छ । छोराछोरीको पढाइबाट सन्तोष प्राप्त हुनेछ । काम गर्दा विचार पु¥याएर गर्नुहोला । धार्मिक कार्यमा रुचि हुनेछ । सन्ततिहरुको व्यवहारमा फरक आउनेछ । परिवारमा शुभ कार्यले हर्षोल्लास हुनेछ । आफ्नै अस्तित्व प्रभुत्वमा सम्पूर्ण कार्य सिद्ध हुनेछन । कार्य आरम्भ गर्दा सामान्य छ । खानपानमा विशेष ध्यान दिनुहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)

आत्मबल, हिम्मत र जाँगर बढ्नेछ । मध्यमासमा शिर रोग र सामान्य कर्ण रोग हुन सक्ने देखिन्छ । सवारी साधनमा यात्रा गर्दा विचार पु-याएर यात्रा गर्नु पर्नेछ । सम्भव भए मासको अन्त्यमा तीर्थयात्रा गरेमा शुभ देखिन्छ । जग्गा, धातु र सुनक्रयको योग देखिन्छ । मासको मध्य भागमा विदेश यात्राको योग रहेको छ । छोराछोरीको पढाइबाट सन्तोष प्राप्त हुनेछ । कार्यआरम्भ गर्दा सामान्य मनस्थितिले, नगरी उच्च आत्मबलका साथ कार्य गर्न सकेमा ठूलै कार्य सिद्धिहुने योग छ । सम्मानित कार्यमा सहभागी हुनु पर्नेछ । यो मास सवारी साधन कमै प्रयोग  गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सामान्य नेत्र रोग हुन सक्नेछ । वाणी प्रभाव बढ्नेछ । जलक्रिडाको विचार आएमा होसियारपूर्वक गर्नुहोला । उन्नति–प्रगति हुने र जग्गा–जमिन जोड्ने योग छ । व्यापार व्यवसायमा लाभ, यात्रामा सामान्य ढिला, न्यायिक कार्यमा सफलता मिल्ने देखिन्छ । विवाहसम्बन्धी कार्य या अन्य मांगलिक कार्यमा सहभागी हुनु पर्नेछ । मान–सम्मान प्राप्त हुने योग देखिन्छ । व्यापार व्यवसायमा लाभ, यात्रामा सामान्य ढिला र शुभ कार्यमा सफलता मिल्ने देखिन्छ । खेलकुदको क्षेत्रमा मन जाने देखिन्छ । सन्ततिको स्वभावमा फरक आउनेछ । पारिवारिक सुखमा वृद्धि हुनेछ ।  

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेमिकाबाट सुरुमा वैचारिक फरक हुने योग रहे पनि प्रेम सम्बन्धमा सुधार आई पछि विवाहमा परिणत हुने देखिन्छ । पारिवारिक भ्रमण गरेमा मन प्रसन्न रहनेछ । भूमि बाहन क्रयसम्बन्धी कार्यमा रुचि नलिनु नै बेस हुन्छ । उदर रोग देखा पर्न सक्नेछ । कर्मचारी वर्गमा लाभ हुने र व्यापारिक वर्गमा समय अनुकूल छ । राजनीति र सामाजिक क्षेत्रमा आंशिक सफलता मिल्नेछ । व्यापारिक क्षेत्रमा विवाद झेल्नु पर्नेछ, यद्यपि उत्तरार्धतिर सामान्य फल मिल्नेछ । रोगको योग छ । नवप्रेम सम्बन्धमा हल्का नराम्रो छ । शुभाशुभ मिश्रित मास रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सामान्यतया आर्थिक व्ययभारमा वृद्धि हुने देखिन्छ । मांगलिक कार्यमा सफलताको योग परेको छ । पानी, बत्तीसम्बन्धी व्यवसाय फस्टाएर जानेछ । वैदेशिक यात्रामा केही ढिलासुस्ती हुनेछ । पार्टनरसिप व्यवसायबाट फल मध्यम छ । अपरिचित प्रेमसम्बन्धी व्यवहारले परिवारमा सामान्य मनमुटाव हुने देखिन्छ । खानपानमा विशेष ध्यान दिनुहोला । जग्गा–जमिन जोड्ने योग छ । व्यवसायमा लाभ, यात्रामा सामान्य बाधा, न्यायिक कार्यमा सफलता मिल्ने देखिन्छ । धार्मिक एवं ब्रतसम्बन्धी कार्यमा रुचि बढ्नेछ । सकभर यो मास बाहिरी सवारी साधन कमै प्रयोग गर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

इज्जत मान प्रतिष्ठामा वृद्धि हुनेछ । सम्मानित कार्यमा सहभागी हुनु पर्नेछ । विवाहादि मांगलिक कार्यमा खर्च बढ्नेछ । मासको पूर्वमा राम्रै फल प्राप्त भए पनि मास अन्त्यमा केही दुःख कष्ट झेल्नुपर्नेछ । परिवारबाट सहयोग मिल्नेछ । विदेशस्थित रहेका स्वजनको दुःख कष्ट नास हुने समय चलेको छ । नव कार्यमा सफलता मिल्ने देखिन्छ । सामान्यतया मासफल राम्रो छ । स्त्री साथीहरुसँग तटस्थ सम्बन्ध राख्नु उचित देखिन्छ । उन्नति–प्रगतिको योग आएको छ ।  पितृपक्षबाट केही अर्थ लाभ प्राप्त गरी कार्यको शुभारम्भ गर्ने देखिन्छ । सन्तान लाभको योग रहेको छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सन्ततिहरुको पढाइ एवं खेलकुदसम्बन्धी क्षेत्रमा सुधार हुने देखिन्छ । वैदेशिक क्षेत्रमा फल राम्रो छ । विचारअनुरुपको सुविधा मिल्ने छैन । पूर्वको स्थानभन्दा नवीन स्थान शुभ हुने देखिन्छ । स्वास्थ्यमा सामान्य बाधा देखिन्छ । सकभर सामाजिक कार्यमा भाग नलिनु नै बेस हुन्छ । यात्रा गर्दा विचार पु-याउनुहोला । दाम्पत्यजीवनमा सफलताको योग देखिन्छ । सकभर सामाजिक कार्यमा कम भाग लिनु नै बेस हुन्छ । विदेशस्थित रहेका स्वजनको दुःख कष्टहरण हुने समय चलेको छ । न्यायिक कार्यमा सफलता मिल्ने देखिन्छ । परिवारमा सामान्य धन आयको योग छ ।  

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कार्यमा दौडधुप बढ्नेछ । मासको अन्त्यमा मुश्किलले अर्थसफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा उन्नति–प्रगति मान सम्मान मिल्नेछ । राजनीति र सामाजिक क्षेत्रमा आंशिक सफलता मिल्नेछ । व्यापारिक क्षेत्रमा विवाद झेल्नु पर्नेछ, यद्यपि उत्तरार्धतिर सामान्य फल मिल्नेछ । रोगको योग छ । बाहिरीप्रेम सम्बन्धमा हल्का नराम्रो देखिएको छ । जीवन संगिनीसँग प्रेम सद्भाव रहनेछ । जग्गा–जमिन र सुन क्रयको योग देखिन्छ । वरपरका साथीसंगीहरुबाट केही सहयोग मिल्नेछ । प्रेम आकर्षण योग रहेकाले प्रेममा सफलता मिल्नेछ । सवारी साधन क्रयको योग देखिन्छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दाम्पत्य सुखमा शुभ र शिर, पेट, आँखा, दाँतसम्बन्धी हल्का रोगको योग छ । उन्नति–प्रगतिका लागि भूमि र पथ्थरसम्बन्धी व्यवसाय राम्रो देखिन्छ । वैदेशिक होटल व्यवसाय खोल्ने योग देखिन्छ । धार्मिक एवं मांगलिक कार्यमा व्यय हुनेछ । आफैंले गरेको कार्यमा सिद्धि मिल्नेछ । व्यापार व्यवसायमा लाभ, यात्रामा सामान्य ढिला हुनेछ । वैदेशिक रोजगारका लागि फल शुभ छ । इष्टमित्रबाट सहयोग मिल्नेछ तथा नयाँ काम प्राप्त हुनेछ । प्रगतिले परिवारमा सुख समृद्धि ल्याउनेछ । दाम्पत्य जीवनमा सफलताको योग देखिन्छ । उद्योगसम्बन्धी क्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ ।       

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)

मान्यजनबाट सहयोग मिल्नेछ । परिवारमा मांगलिक कार्यले हर्षोल्लास हुनेछ । आफ्नै अस्तित्व प्रभुत्वमा सम्पूर्ण कार्य सिद्ध हुनेछन् । परिवारमा माया ममता र सद्भावको कुनै कमी हुने छैन । वरपरका साथीसँगीहरुबाट केही सहयोग मिल्नेछ । माया, प्रेममा, आकर्षण योग रहेकाले प्रेममा सफलता मिल्नेछ । परिवारका सदस्यमा आर्थिकरुपमा केही झन्झट हुने देखिन्छ । पारिवारिक भ्रमण गरेमा मन प्रसन्न रहनेछ । व्यापार व्यावसायमा लाभ, यात्रामा सामान्य बाधा, न्यायिक कार्यमा कम सफलता मिल्ने देखिन्छ । भूमि वाहन क्रयको समय छ । जग्गा–जमिन र सुन क्रयको योग देखिन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामाजिक कार्यमा सफलता मिल्नेछ । शैक्षिक कार्यमा फल सामान्य छ । विद्यार्थीको पढाइमा आंशिक फल मिल्नेछ । इष्टमित्रबाट सहयोग मिल्ने तथा नयाँ काम प्राप्त हुनेछ । उन्नति प्रगतिले परिवारमा समृद्धि ल्याउनेछ । बैवाहिक जीवनमा सफलताको योग देखिन्छ । समग्रमा भाग्य राम्रो छ । मान्यजन,अग्रजबाट सहयोग मिल्नेछ । विद्यार्थीहरुका लागि यात्रासमय राम्रो छ । उद्योगसम्बन्धी क्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । उन्नति–प्रगतिका लागि भूमि र कृषिसम्बन्धी व्यवसाय राम्रो देखिन्छ । वैदेशिक रोजगारका लागि रुचि लिएमा फल शुभ छ ।  

डा. राजकुमार सुवेदी

कम्प्युटर ज्योतिष सेवा

२०७५ साल मंसिर अंककाे “परिवार” मासिक पत्रिकामा प्रकाशित ग्रहफल

मंसिर १ गते देखि मंसिर २९ गतेसम्म

मंसिर महिनाका महत्वपूर्ण दिनहरु

मंसिर ३ गते हरिबोधिनी एकादशी, मंसिर ७ गते गुरु नानक जयन्ती, मंसिर १७ गते अपाङ्ग  दिवस, मंसिर २० गते बाला चतुर्दशी, मंसिर २४ गते मानव अधिकार दिवस, मंसिर २६ गते विवाह पञ्चमी।

प्रकाशित: २३ मंसिर २०७५ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App