कागेश्वरी मनोहरा–६ का भोजराज लामिछानेले राजधानीका सहरमा मोटरसाइकलमा दुध राखेर पु-याउन थालेको एक दशकभन्दा बढी भइसक्यो । हरेक बिहान ४ बजे उठ्ने उनी मोटरसाइकलमा क्यान राखेर चावहिल, मैजुवाहाल, सिफल, भाटभोटेनीलगायत ठाउँमा पुग्छन्।
दैनिक ५०–६० लिटर दूध बेच्ने उनले अधिकांश ग्राहक राम्रो स्वाभावका भएको सुनाउँछन् । उनले घरमै गाई पालेका छन् । दिनभर यसैको स्याहार सुसारमा व्यस्त रहन्छन् । परिवारका सदस्यले पनि उनलाई सहयोग गर्छन् । दुधको कमाईबाट सन्तानलाई उच्च शिक्षा दिलाउँदै गरेका उनले आफ्नो पेशाबाट सन्तुष्ट रहेको सुनाउँछन्।
प्रकाशित: २६ आश्विन २०७५ ०४:४७ शुक्रबार