पूर्व मिस नेपालसमेत रहेकी श्रृष्टि श्रेष्ठ चलचित्र ‘गाजलु’बाट नेपाली चलचित्रमा उदाएकी नायिका हुन् । पछिल्लो समयमा चलचित्र रोमियो एण्ड मुनामा अभिनय गरेकी थिइन् । उनका केही चलचित्र प्रदर्शनका क्रममा रहेका छन् । उनले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई यसरी बताएकी छन् ।
पुस्तक
इनर इन्जिजिनियरिङ पुस्तक मलाई मन पर्ने पुस्तक हो । यसका लेखक सत्गुरु रहेका छन् । यो पुस्तक पढ्दा आफूले आफूलाई चिन्न जरुरी छ । आफूले यो किताब पढेपछि सबैलाई उस्तै देख्न सक्छौं । सानो ठूलो भन्ने विभेद हँुदैन भन्ने भाव पोखेको छ । मर्कन्टायल मान्छेमा मात्रै होइन जनावर, बिरुवामा पनि हुन्छ भन्ने सन्देश दिन खोजेको छ ।
लेखक
सत्गुरु नै हो । मलाई उहाँले लेखेका हरेक पुस्तकहरु पढ्न मन पर्छ ।
भेट्न मन लागेको व्यक्ति
मैले भेट्न चाहने भनेको मेरो परिवार नै हो । अरु त्यस्तो कोही हुनुहुन्न । मेरो परिवार ममी, बुबा, भाइ युकेमा बस्नुहुन्छ । उहाँहरु नै हो मेरो भेट्न मन लागेको मान्छे ।
भेटिरहन मन लाग्ने व्यक्ति
मलाई नेपालमा सहयोग गर्ने मेरा साथीहरु नै हुन् । जो मसँग हुनुहुन्छ । साँझ बिहान भेटिरहने गर्छौँ ।
नेता
नेतामा मलाई नेपालको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मन पर्छ । किनभने उहाँ देशका लागि जुन भिजन ल्याउनु भएको छ । त्यो भिजनले नेपाल विकसित हुन्छ भन्ने सोचेकी छु । उहाँको कार्यकालमा निकै काम भएका थिए । विदेशको भन्नु पर्दा म्यानमारकी आङ्साङ सुकी एकदमै मन पर्ने नेतृ हुन् । विश्वमै चर्चित नेतृ पनि हुन् । उहाँको कामले प्रभावित भएको छु ।
ब्याग
मलाई धेरै सामान बोक्नुपर्ने भएकोले मेरो साथमा पछाडि भिर्ने सानो ब्याग भइरहन्छ । यो ब्यागको नाम त थाहा छैन । अरु बेला कपडाको झोला बोक्ने गर्छु ।
घडी
आफूले लगाएको घडीभन्दा अरूले लगाएर हिँडेको घडी हेर्न मन लाग्छ । म घडी त्यति लगाउँदिन भारी जस्तो लाग्छ । यो ब्रान्डको घडी त्यो ब्रान्डको घडी भनेर लगाएको छैन ।
चस्मा
काठमाडौंमा मेरा लागी प्रिय भनेकै चस्मा हो । मैले लगाउने चस्मा महँगो छैन । बाटोमा जहाँ राम्रो र सस्तो चस्मा भेटिन्छ त्यही किन्छु लाउँछु । मैले लगाएको कुन ब्रान्डको मलाई थाहा छैन ।
सपिङ गर्ने ठाउँ
मेरो सपिङ गर्ने ठाउँ यही हो भन्ने छैन । तर म ठमेलको सप, डि एस कलेक्सन दरबार मार्गको एउटा पसल छ । त्यहाँ पनि किन्छु । अनि एउटा न्यूरोडमा छ । प्रायः मैले किन्ने भनेको यही सपिङ सेन्टर हुन् ।
हेर्न मन लागिरहने फिल्म
मलाई नेपाली फिल्ममा पछिल्लो समयको ‘कथा’ एकदमै मन परेको फिल्म हो । यो फिल्म मलाई मन पर्नुको कारण दुईजनाको क्यारेक्टर दमदार लागेको हो । केही कुरा आफूमा छैन भने पनि आफ्नो मायाको बचाउ गरेको छ । सौगात मल्लको अभिनय जिवन्त लागेको छ । उहाँले जिवन्त अभिनय गर्नु भएको छ । मायामा जातभात नहेरी माया देखाइएको छ । धेरै डाइलग छैन । मलाई धेरै बोलेको मन नपर्ने भएकोले पनि हुन सक्छ फिल्म मन परेको हो । कथा एउटा सिम्पल बनेको चलचित्र हो ।
अभिनेता
मलाई मन पर्ने नायकमा सौगात मल्ल पहिलो हुन् । उनी न्याचुरल अभिनय गर्ने नायक हुन् । त्यस्तै मलाई मन पर्नेमा बिपिन कार्कीको पनि उस्तै दमदार अभिनय लाग्छ । अर्पण थापा पनि एकसे एक अभिनय गर्ने नायकहरु हुन् । उहाँहरुको मलाई अभिनय पर्छ । अभिनय गर्दा रियालिटी गर्नुहुन्छ ।
अभिनेत्री
मलाई मेनुका प्रधान दमदार लाग्छ । त्यस्तै सिर्जना सुब्बाको अभिनयको म फ्यान हुँ । अरु पनि थुप्रै नायिकाहरु हुनुहुन्छ तर पनि रियालिटी अभिनय मेनुका प्रधानको र सिर्जना सुब्बाको राम्रो लाग्छ ।
गायक
गायकहरुमा मलाई बिपुल क्षेत्री, साजनराज वैद्य मन पर्छन् । उहाँहरुको गीतहरु निकै मन पर्छ । युवा पुस्ताका लोकप्रिय गायक पनि हुन् । उहाँहरुले गाएका सबै गति मलाई मन पर्छ ।
गायिका
पछिल्लो समयमा चलेकी गायिका अन्जु पन्त मन पर्ने गायिका हुन् । उहाँका गीतहरु असाध्यै मन पर्छ । अरुणा लामा, तारादेवी, मन पर्ने गायिका हुन् ।
सुन्न मन लागिरहने गीत
सेन्टिमेन्टल खाल्का गीत सुन्छु ।
कलर
मलाई लाइट कलर मन पर्छ । पहेंलो कलर मलाई अझ मन पर्ने कलरमा पर्छ । अब इभेन्टमा फरक–फरक ड्रेस लगाउनुपर्ने भएकोले हो । नत्र मलाई पहेँलो कलरकै ड्रेस लगाउन मन पर्छ ।
सवारी साधन
मलाई काठमाडाैंमा छिटो–छरितो चाहिने भएकोले स्कुटर मन पर्छ । बाइक पनि मन पर्छ चलाएको छँुइन । रमाइलो कुरा के छ भने म हिँड्न नै रुचाउँछु । पैदलै हिँड्न मनपर्छ ।
खाना
मलाई मन पर्ने भनेको नेपाली दालभात तरकारी । अझ दालमा घिउ झानेको हुनुपर्छ । म माछामासु खाँदिन । भेजिटेरियन हुँ । अनि मलाई थकाली खाना पनि मन पर्ने खाना हो ।
ड्रेस
यही भन्ने छैन । जिन्स टि–सर्ट, कन्भर्स जुत्ता लगाउन मन पर्छ । प्रायः मलाई यही ड्रेसमा देख्नुहुन्छ । आफूलाई जुन सुहाउँछ त्यही लगाउँछु ।
पर्व
मलाई नेपालीहरुको महान् चाड दसैं तिहार नै मन पर्छ । अरू पनि मन पर्छ तर विशेष दसैं तिहारमा आफ्ना आफन्तको भेटघाट हुने हुन्छ । परिवारका मान्छे जम्मा भएर रमाइलो गर्छन् । त्यसै रमाइलो लाग्छ । त्यसैले मलाई दसैं तिहार नै मन पर्छ ।
प्रस्तुति : भोला अधिकारी
प्रकाशित: १३ आश्विन २०७५ ०८:५३ शनिबार