१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

दसैंमा आउने सम्भावना ट-यो

आगामी दसैंसम्म पनि उपत्यकावासीका धारामा मेलम्चीको पानी आउने सम्भावना टरेको छ। मेलम्ची खानेपानी उपआयोजनाले लक्ष्य अनुसार सुरुङको भुइँ ढलान र अन्य प्राविधिक काम सम्पन्न नगरेपछि मेलम्चीको पानी सम्भावना टरेको हो।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले आगामी दसैंसम्म मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने घोषणा गरेकी थिइन्।

आयोजनाका अनुसार ठेकेदार कम्पनी इटालियन कम्पनी को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसीले हेडवक्रसको निर्माण सुरुङको भुइप्लास्टर, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, सिसिटिभी क्यामेरा लगायतका काम सम्पन्न गर्नुपर्ने हुन्छ । अझैसम्म आवश्यक पर्ने महत्वपूर्ण काम सम्पन्न हुन सकेको छैन। यसअघि ठेकेदार कम्पनीले अनेक बहानाबाजी गरेर काम ठप्प पारेकाले लक्ष्य अनुसारको काम हुन नसकेको हो। अहिलेकै गतिको कामले दसैंसम्म मेलम्चीको पानी आउने सम्भावना न्यून भएको मेलम्चीका एक इन्जिनियर बताउँछन्।

मेलम्ची खानेपानी उपआयोजनाले लक्ष्य अनुुसार सुरुङको भुइँ ढलान र अन्य प्राविधिक काम सम्पन्न नगरेपछि मेलम्चीको पानी सम्भावना टरेको हो।

‘अहिलेकै गतिले मेलम्चीको पानी दसैंसम्म आउँदैन,’ उनले भने, ‘एकातर्फ सुरुङको भुइँ ढलान कार्य अझै सकिएको छैन । अर्काेतर्फ अस्थायी डयाम् र सुरुङ जोड्ने ६० मिटरको पाइप अझैसम्म आयोजना स्थलमा आइपुगेको छैन।’

उनका अनुसार अहिलेकै गतिमा काम अघि बढेको खण्डमा कम्तिमा ६ महिनाभित्रै मेलम्चीको पानी आउनसक्छ। मेलम्ची खानेपानी उपआयोजनाका अनुसार अहिलेसम्म १६ किलोमिटर सुुरुङको भुइँढलान भए पनि अन्य साढे ११ किलोमिटर सुरुङको भुइँ ढलान गर्न बाँकी नै छ । त्यतिमात्रै होइन्, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, सिसिटिभी क्यामेरा जडान, सुरुङको प्राविधिक जाँच लगायतका काम बाँकी नै छ । मेलम्ची खानेपानी उपआयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले  आगामी दसैंसम्म मेलम्चीको पानी ल्याउन प्रयत्न भइरहेको बताए । ‘आगामी दसैंसम्म मेलम्चीको पानी उपत्यवासीलाई खुवाउने लक्ष्य राखेका छौं,’ उनले भने, ‘केही प्राविधिक समस्या नआएको खण्डमा दसैंसम्म मेलम्चीको पानी सुन्दरीजल खसाल्ने लक्ष्य राखेका छौं।’

उनका अनुसार अहिले मेलम्चीको सुरुङभित्र ढलान गर्ने धमाधम भइरहेको छ । ‘६ स्थानबाट दैनिक दुई सय मिटरको दरले सुरुङको भुइँढलान गरिरहेका छौं,’ उनले भने, ‘सम्भवत् दसैंसम्म खानेपानी खुवाउने लक्ष्य राखेका छौं ।’ उनका अनुसार मेलम्चीको ‘हेडवक्र्स’ अम्बाथानमा अस्थायी खालको ‘कोफर ड्याम’ बनाउने कार्य भइरहेको छ । ‘हेडवक्र्स’ र सुरुङ जोड्न आवश्यक पर्ने ६० मिटर पाइप  ल्याउन अझै बाँकी छ,’ उनले भने, ‘भन्सारसँग समन्वय गरेर २५ दिनमा ल्याइनेछ।’

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले आगामी दसैंसम्म मेलम्चीको पानी भिœयाउने तयारी गरेको बताउँछन् । ‘दसैंसम्म पानी ल्याउन पूरा कोशिश गरिरहेका छौं,’ उनले भने, ‘म आउँदा साढे तीन किलोमिटर मात्रै सुरुङको भुुइँ ढलान भएको थियो । अहिले १६ किलोमिटर ढलान गरिसक्यौं । त्यसैले अन्य प्राविधिक जटिलता अन्त्य गर्दै पानी भित्र्याउनेछौं।’

तयार भो पाइपलाइन
मेलम्चीको पानी सुन्दरीजलमा खसेको खण्डमा भने उपत्यकामा पानी साता दिनभित्रै जनताको घर–घरमा वितरण गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले त्यसको लागि सबै काम सम्पन्न गरिसकेको छ । निर्देशनालयले पाइपलाइन ओछ्याउने काम सम्पन्नसँगै वितरण लाइनको पाइप परीक्षण समेत थालेको छ । परिक्षण थाल्नु भनेको पानी वितरणको लागि तयार हुनु हो।

मेलम्चीको पानी सुन्दरीजलमा आउनसाथ उपत्यकावासीलाई वितरण गर्ने तयारी साथ धमाधम काम भइरहेको निर्देशनालयका निर्देशक तिरेश खत्रीले बताए । ‘मेलम्चीको पानी सुन्दरीजल खस्नेबित्तिकै उपत्यकावासीको घर–घरमा पानी वितरण गर्नेछौं,’ उनले भने, ‘अहिले सुन्दरीजलबाट पानी ल्याएर पाइप सरसफाइ गरिरहेका छौं।’

निर्देशनालयका अनुसार बिछ्याइएको पाइपमा लिकेज तथा प्रेसर परीक्षणको काम भइराखेको छ । निर्देशनालयले पहिलेको योजनाअनुसार उपत्यकामा वितरण सञ्जालको लागि ६ सय ७० किलोमिटर र थोक वितरण प्रणालीअन्तर्गत ७७ किलोमिटर पाइप ओछ्याइसकेको छ।

 ‘अब मेलम्चीको पानी आएमा हाम्रो कारणले समस्या हुँदैन,’ निर्देशक खत्रीले भने, ‘मेलम्ची पानीको लागि उपत्यकामा आवश्यक पूर्वाधार तयार गरिसक्यौं, मेलम्चीको पानी सुन्दरीजलमा आएकै हप्ता घरघरमा पानी पु-याउँछौं ।’ काठमाडौंमा पानी वितरण गर्न निर्देशनालयबाट कुनै रोकावट नरहेको उनले बताए । पाइपलाइनमा पूर्ण क्षमतामा पानी पठाएर प्रेसर जाँच गरिरहेको उनले बताए । पाइपलाइनमा नियमित वितरण हुनेभन्दा बढी पानी राखेर परीक्षण गर्दा पनि कतै समस्या नभेटिएकाले मेलम्चीको पानी आएमा वितरणमा कुनै समस्या नहुने निर्देशनालयको दाबी छ।

प्रकाशित: १ आश्विन २०७५ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App