१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

अर्डर रेस्टुराँमा, खाना घरमा

फोन थिच्यो केही समयमा सेवा आफू बसेको ठाउँमै आइपुग्छ । ग्राहकले फोन तथा अनलाइनमार्फत अर्डर दिन्छन् । अन्य सामानको हैन खाना तथा खाजाको । रेष्टुराँमा अर्डर टिपाएपछि रेष्टुराँ वालाले ग्राहकलाई फोन गरेर लोकेसन र खाजा, खाना के हो, कति हो निश्चित गर्छन् । अर्डर निश्चित भएपछि (पार्टनर) रेष्टुराँमा खाजा तयार हुन्छ । डेलिभरी स्टाफलाई म्यासेज आउँछ । डेलिभरी स्टाफ रेष्टुराँमा पुग्छन् । प्याकिङ भएको खाजा तथा खाना मोटरसाइकलमा बोकेर स्टाफ ग्राहकको लोकेसनतर्फ लाग्छन् । खाजा तथा खाना घर अफिसमा आईपुग्छ । 

काठमाडौंमा घर अथवा अफिसमा खाजा तथा खाना अर्डर गरेर आफू बसेकै ठाउँमा मगाउने चलन दिन प्रतिदिन बढिरहेको छ । समयको व्यस्तता तथा कहिलेकाहीँ नयाँ स्वादको खाना घर वा अफिसमै मगाउन पाइने भएपछि  खाना पु-याउने व्यवसाय पछिल्लो समय फस्टाउन थालेको छ । रेस्टुराँकै रेटमा ताजा तथा गुणस्तरीय खाना, खाजा घरमै खान पाइने भएपछि रेस्टुराँमा धाउनु नै परेन । मोटर साइकलमा घर वा अफिसका कोठामै खाना पु¥याउने सेवा प्रदायक रेस्टुराँले खाना पु-याइदिन थालेका छन् । अर्डर गर्नुप-यो खाना आउँछ । खाना बनाउनेसमेत समय नभएकालाई  खाना वा खाजा सेवा प्रदायकको व्यवसाय फस्टाउन थालेको छ । नयाँ स्वाद र ताजा खाना घरमै खान सकिने भएकाले खाना डेलिभरी गर्ने व्यसाय बिस्तारै सहरी क्षेत्रमा फस्टाउँदै गएको छ । विज्ञान र प्रविधिको सहयोगले घरैमा बसीबसी रेस्टुराँको परिकारका स्वाद चाख्न पाइन्छ । 

ललितपुरको कुपण्डोलस्थित ज्वागलका रिजेन श्रेष्ठ पनि घर तथा अफिसमै एक कल फोेनको भरमा अफिसमा खाना तथा खाजा फुडमाण्डुबाट मगाउँदा रहेछन् । फुडमाण्डुका पुराना ग्राहक रहेछन् । फुडमाण्डुले घर–अफिसमा खाजा पु¥याउन सुरु गरेदेखि नै उनी नियमितजस्तै ग्राहक भएका रहेछन् । करिब आठ वर्ष अगाडिदेखि नै फुडमाण्डुको खाजा तथा खानाको स्वाद चाख्न थालेको श्रेष्ठ सुनाउँछन् । श्रेष्ठले घर तथा अफिसमा खाजा मगाउँदा रहेछन् ।  प्रायः म.म., चाउमिन, पिज्जा, बर्गर, फ्राइराइस लगायतका खाना तथा खाजा मगाउने गरेको श्रेष्ठ बताउँछन् । 

‘कम्तीमा चार सयभन्दा बढीको खाना–खाजा मगाउनुपर्ने भएकाले अफिसका लागि खाजा बढी हुन्छ । त्यसैले धेरैजसो घरमै मगाएर खान्छौँ,’ श्रेष्ठ भन्छन् ।  फुडमाण्डुमा सूचीकृत भएका रेस्टुराँमध्ये कुन रेस्टुराँको खाना तथा खाजा खान मन लाग्छ, त्यही रेस्टुराँको खाना वा खाजा फुडमाण्डुमा अर्डर गरेपछि घर तथा अफिसमै खाजा आइपुग्ने श्रेष्ठ बताउँछन् । महिनामा ४/५ पटकभन्दा बढी फुडमाण्डुका कर्मचारी (डेलिभरी स्टाफ) ले मोटरसाइकलमा खाजा तथा खाना घरमा ल्याइदिने गरेको श्रेष्ठ बताउँछन् । ‘एक पटकमा १५ सयदेखि दुई हजारसम्मको खाना तथा खाजा अर्डर गर्ने गरेको छु,’ श्रेष्ठ भन्छन् । 

रेस्टुराँमा खाने र फुडमाण्डुले घरमै ल्याइदिने खानाको मूल्य भने एउटै भएको श्रेष्ठ बताउँछन् । ‘रेस्टुराँमा गएर खाने र घरमै ल्याइदिएको खानाको प्राइज उस्तै हुन्छ, बढी प्राइज छैन,’ श्रेष्ठ भन्छन् । सुरुसुरुमा फुडमाण्डुले खाजा तथा खाना घर–अफिसमा ल्याइदिएबापत सेवा शूल्क नलिएको भए पनि अहिले भने ५० रुपैयाँ लिने गरेको उनी बताउँछन् । 

अहिलेसम्म तातै खाना आफूकहाँ आइपुग्ने गरेको पनि श्रेष्ठले सुनाए । यस्ता खाजा तथा खानाको होम डेलिभरी गर्ने सर्भिस प्रोभाइडरले समयमै सेवा दिनुपर्ने श्रेष्ठको सुझाव छ । धेरैबेरसम्म पर्खिन गाह्रो हुने भएकाले भनेको समयमा सेवा दिनुपर्ने उनको सुझाव छ । फुडमाण्डुको खाना अहिलेसम्म ताजा तथा गुणस्तरीय नै भएको श्रेष्ठले बताए । यस्ता खाजा होम सर्भिस गर्ने सेवा प्रदायकले गुणस्तरीयता, ताजापन,  तातो तथा समयलाई समेत ध्यान दिनुपर्ने उनको सुझाव छ । 

अर्का ग्राहक अथिलेशा मल्ल पनि  घर र अफिसमा खाना तथा खाजा मगाउँदि रहिछिन् । एक क्लिकको भरमा घरमै खाना आउने भएपछि खाना बनाउने झण्झटबाट उनी पनि कहिलेकाहीँ मुक्त हुँदि रहिछिन् । फुडमाण्डुकी नियमित ग्राहक हुन्,उनी पनि । मल्ल थापाथलीस्थित ट्रेड टावरमा रहेको अफिसमा पनि खाजा मगाएर खान्छिन् । घरमा प्रायः शनिबार खाना तथा खाजा मगाउँछिन् । नयाँ किसिमका आइटम मगाउने गरेको उनी बताउँछिन् । उनी फुडमाण्डुबाट दिने खानाको गुणस्तर तथा सेवामा सन्तुष्ट छिन् । 

मल्ल म.म. चाउमिनलगायतका खाजा अर्डर गरेर मगाउँछिन् । अर्डर गर्दा भनेको समयमै खाना आइपुग्ने मल्ल बताउँछिन् । खाजा तथा खानाको होम सर्भिस दिने रेस्टुराँले खानाको गुणस्तरीयता, साफसफाइ, भनेको समयमा खाना ल्याइपु-याउने कुरामा ध्यान दिनुपर्ने मल्लको सुझाव छ ।  उनी पनि रेस्टुराँमा खाने र फुडमाण्डुको सेवा प्रदायकले घर–अफिसमा ल्याइदिने खाजाको रेटमा कुनै फरक नरहेको बताउँछिन् । 

फुडमाण्डुका ३१ वर्षीय डेलिभरी स्टाफ विपिन गुरुङ दैनिक १४ ठाउँभन्दा धेरै खाजा तथा खाना पु-याउन जान्छन् । काठमाडौं उपत्यकामा मोटरसाइकलमा खाजा तथा खानाको ब्याग बोकेर गुरुङ घर तथा अफिसमा पुग्छन् । फुडमाण्डुमा ग्राहकले खानाको अर्डर गरेपछि ग्राहकले कुन रेस्टुराँको खाना चाहेको हो त्यो रेस्टुराँलाई फोन गरेर फुडमाण्डुले अर्डर टिपाउँछ । साथै गुरुङलाई पनि कुन रेस्टुराँमा खानाको अर्डर भएको हो रेस्टुराँको नाम, ग्राहकको लोकेशनलगायतको विस्तृत म्यासेज मोवाइलमा आउँछ । म्यासेजअनुसार नै गुरुङ मोटरसाइकलमा सरर खाना तथा खाजा घर तथा अफिसमा पु-याउँछन् । 

कुन एरियामा को स्टाफ छ भन्ने जानकारी लिएपछि मात्रै स्टाफलाई पायक पर्ने एरियामा फुडमाण्डुले डेलिभरी स्टाफ खटाउँछ र स्टाफले ग्राहककहाँ खाजा तथा खाना पु-याउँछन् । गुरुङ भन्छन्, ‘कहिलेकाहीँ त जामले गर्दा समयमा खाना पु-याउनै कठिन हुन्छ ।’  काठमाडौंको जाम, हिलो खाल्टाखुल्टीका कारणले कहिलेकाहीँ त हैरान हुने गुरुङको दुःखेसो छ । कहिलेकाहीँ त लोकेसन पत्ता नलागेर समेत समयमै खाना पु-याउन हैरान हुने उनी बताउँछन् ।  गुरुङका अनुसार प्रायः खाजा अफिसमा अर्डर हुन्छ भने घरमा खाना । प्रायः विदेशीले घरमा खाना मगाउँछन् भने नेपालीले अफिसमा खाजा मगाउँछन् । 

आठ वर्षअघिबाट फुडमान्डुले घर तथा अफिसमा खाना तथा खाजा पु-याउँदै आएको फुडमान्डुका ब्रान्ड तथा मार्केटिङ म्यानेजर श्यामरत्न माली बताउँछन् । काठमाडौंमा रहेको ‘फुडमान्डु’ घर तथा अफिसमा खाजा पु-याउने सेवा प्रदायक हो। 

२५० भन्दा धेरै पार्टनर रेस्टुराँ छन्, फुडमाण्डुका । ती पार्टनर रेस्टुराँमा फुडमाण्डुको लगानी भने नहुने म्यानेजर माली बताउँछन् । अर्डर फुडमान्डुमा आउँछ । फुडमान्डुमा अर्डर आएपछि ती पार्टनर रेस्टुराँबाट अर्डर गर्ने ग्राहककहाँ फुडमान्डुका कर्मचारीले खाजा तथा खाना पु-याइदिन्छन् । फुडमान्डुमा अर्डर आएपछि ग्राहकले कुन रेस्टुराँको खाना खान चाहेको हो, त्यही रेस्टुराँबाट ग्राहकलाई फुडमान्डुका कर्मचारीले खाजा पु-याइदिन्छन् । 

म्यानेजर श्यामरत्न मालीका अनुसार अर्डरअनुसार घर तथा अफिसमा खाना पु-याइदिन्छ, फुडमान्डुले । म्यानेजर मालीका अनुसार सबै भन्दा धेरै क्रमशः मम, पिज्जा, बर्गर, बिर्यानी र रोल्स (रोटी) उपभोक्ताले मगाउने गरेका छन् । चिकेन मम बढी अर्डर आउने गरेको र त्यसपछि पिज्जाको अर्डर धेरै हुन्छ । 

मालीका अनुसार विदेशीहरुले फुडमान्डुमा अर्डर गर्ने गरेका छन् । नेपालमा पुरुषले खाना बढी मगाएको देखिए पनि खाना मगाउन लगाउने भने महिला देखिएको माली अनुभव सुनाउँछन् । सहरीया जीवन जिउने, आर्थिक अवस्था अलि बलियो भएकाहरु नै बढी ग्राहक रहेको माली बताउँछन् । खाना बढी घरमा र खाजा अफिसमा बढी जान्छ । अफिसमा भने पुरुषले नै बढी खाजाको अर्डर गर्छन् । एप्स डाउनलोड गरेर पनि खाना तथा खाजा अर्डर गर्न सकिन्छ भने फोन गरेर पनि अर्डर गर्न सकिने म्यानेजर माली बताउँछन् । 

अफिसमा काम गर्ने मानिसले नै बढी खाजाको अर्डर गर्ने माली बताउँछन् । पानी पर्ने सिजनमा झन् बढी अर्डर आउने माली बताउँछन् । पानीले मानिसहरु बाहिर निस्किन झन्झट मान्ने भएकाले पनि पानी पर्दा झन् बढी अर्डर आउने फुडमान्डुको भनाइ छ । 

रेस्टुराँको मेनुमा भएको मूल्यमै घर तथा अफिसमा खाजा पु-याइदिने फुडमान्डु बताउँछ । जुन रेस्टुराँबाट खाजा तथा खाना उपभोक्ताले अर्डर गर्छन्, ती रेस्टुराँबाट भने केही प्रतिशत रकम आफूहरु (फुडमान्डुले)ले लिने माली बताउँछन् । 
ग्राहकले फुडमान्डुमा गरेको अर्डरअनुसार फुडमान्डुले पनि ग्राहकले छानेको तथा पायक पर्ने रेस्टुराँमा सम्पर्क गरेर अर्डर टिपाएपछि आफ्ना डेलिभरी स्टाफले खाना अर्डर भएको रेस्टुराँबाट खाना लिएर ग्राहकलाई पु-याइदिने माली बताउँछन् । 

खाना तातो तथा छिटो पु-याउने चुनौती भने हुने माली बताउँछन् । बक्स पनि तातो रहने किसिमको हुने भएकाले अहिलेसम्म राम्रै सर्भिस दिएको माली बताउँछन् । प्रायः रिंगरोड तथा नयाँ बस्ती क्षेत्र डेलिभरी स्टाफ रहने माली बताउँछन् । 

पार्टनर रेस्टुराँमा गुणस्तरीयतालाई हेरेपछि मात्रै सहकार्य गर्ने भएकाले अहिलेसम्म ग्राहकबाट गुनासो नआएको फुडमाण्डुको दाबी छ । खाना गुणस्तरीय भएको उसले बताएको छ । गुणस्तरीयतामा निकै ध्यान दिएको माली बताउँछन् । 

मालीका अनुसार फुडमाण्डुका ६० जना डेलिभरी स्टाफ छन् । ती स्टाफ बाइकमा हुन्छन् । पुरुष छन् डेलिभरी स्टाफ । गत वर्ष डेलिभरी स्टाफ ८ लाख ८५ हजार किलोमिटर भन्दा धेरै खाजा पु-याउन मोटरसाइकलमा गुडेको माली बताउँछन् । उपत्यकाको मुख्य चोकमा बसेका हुन्छन् । जुन डेलिभरी स्टाफको नजिकको रेस्टुराँमा खाना अर्डर भएको छ त्यही नजिक भएका स्टाफले सर्भिस दिन्छन् ।  

बिहान ११ः३० देखि बेलुका ८ः३० सम्म अर्डर लिइने माली बताउँछन् । खाजा पु-याउने व्यवसाय फस्टाइरहेको माली बताउँछन् । नयाँ लगानीकर्ताले मार्केटको विचार गरेर लगानी गर्नुपर्ने माली सुझाउँछन् । 

मालिका अनुसार रेस्टुराँको मेनुमा भएको खाना तथा खाजा नै अर्डर लिइन्छ । खाना तातो पु-याउने चुनौती भने छ । सामान्यतयाःआलमुनियम फोयलमा खाना प्याकिङ गरेर उपभोक्तासम्म पु-याइन्छ। ४५ मिनेटमा खाजा घरमा पु-याइन्छ । औसतमा ४५ देखि ५० मिनेट भित्र डेलिभरी गरिन्छ । एक घण्टासम्म पनि खाना तातै हुन्छ ।

प्रकाशित: १ भाद्र २०७५ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App