६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

‘साइकल चढौँ, स्वस्थ बनौँ’

आइतबार अर्थात् अंग्रेजी जुन महिनाको ३ तारिख संसारभर विश्व साइकल दिवस मनाइयो । संयुक्त राष्ट्र संघको आह्वानमा यो वर्ष पहिलो वल्र्ड बाइसाइकल डे मनाइयो।

दिगो विकास लक्ष्यको तेस्रो लक्ष्य स्वस्थ र समुन्नत समाज र ११औँ दिगो सहरमा केन्द्रित हुँदै संयुक्त राष्ट्र संघले विश्व साइकल दिवसको आह्वान गरेको हो ।सस्तो, भरपर्दो, सफा र वातावरण मैत्री यातायातको साधन भएको र  यातायातको साधन मात्र नभई स्वास्थ्य, शिक्षा र खेलकुदजस्ताअन्य विकासका साधनका रूपमा पनि साइकलले कामगर्ने संयुक्त राष्ट्र संघको दाबी छ।

साइकल चलाउनाले सिर्जनशीलता, सामाजिक सम्बन्ध सुमधुर हुने र प्रयोगकर्तालाई स्थानीयवातावरणबारे सचेतनादिने संयुक्त राष्ट्र संघले जनाएको छ ।विश्व साइकल दिवसको सन्दर्भमा ट्विटरमा ह्यासट्याग वल्र्ड बाइसाइकल डे ट्रेन्ड भयो । नेपाली र विदेशी प्रयोगकर्ताले यो ह्यासट्याग प्रयोग गर्दै साइकलसँग सम्बन्धित आफ्ना विचार र अनुभव ट्विट गरेका छन्।

संयुक्त राष्ट्र संघले विश्व साइकल दिवस अवसरमाआफ्नो आधिकारिक ट्विटर एकाउन्टमा साइकलयतिायातको सफा साधन, विकासको साधन र शिक्षा, स्वास्थ्य हेरचाह र खेलकुदको साधनभएको उल्लेख गरेको छ ।निर्मल अधिकारीले विश्वसाइकलदिवस सन्दर्भमा ह्यासट्याग वल्र्ड बाइसाइकल डे प्रयोग गर्दै ट्विट गरेका छन्, ‘सायदै जानकारी होला, आज विश्व साइकल दिवस हो भनेर । जो दैनिक सवारी साधनका रूपमा साइकलको प्रयोग गर्छन्, म साइकल प्रेमी सबैलाई शुभकामना दिँदै छु।’

काठमाडौं उपत्यका र नेपालका सहरलाई साइकल मैत्री सहर बनाउनुपर्ने आवाजनिकै आउने गर्छ । यसै सन्दर्भमा पूर्वाधारविद् तथा विवेकशील साझा पार्टीका नेता सूर्यराजआचार्यले ट्विट गरेका छन्, ‘आजविश्व साइकलदिवस । सहरी विकासको प्रारम्भिक चरणमा रहेका मोफसलका हाम्रा धेरै सहर साइकल यातायातका लागिउपयुक्त छन् । बेलैमा साइकल मैत्री सहरी डिजाइन र पूर्वाधारको योजना तर्जुमा र कार्यान्वयन गर्नमा जनप्रतिनिधि र योजनाकारको ध्यानपुगोस्।’

त्यस्तै, वातावरण संरक्षण अभियन्ता भूषण तुलाधारले ह्यासट्याग वल्र्ड बाइसाइकल डे प्रयोग गर्दै ट्विट गरेका छन्, ‘आजपहिलो विश्व साइकलदिवस– समृद्ध नेपाल, सुखी नेपालीअभियानमा साइकलको पनि ठूलो भूमिकाहुन सक्छ । २०६८ सालको जनगणनाअनुसार नेपालको ३२.३८ प्रतिशत घरमा साइकल छ, तर १.५७प्रतिशत घरमामात्र गाडी छ । सुरक्षित साइकल यात्रामा लगानी गरौँ ।’

 

प्रकाशित: २१ जेष्ठ २०७५ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App