७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्य

बागमती प्रदेशस्तरीय धिमय् बाजामा ताथली धिमे खल विजयी

बागमती प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगितामा ताथली धिमे खल विजयी भएको छ। प्रतियोगितामा प्रथम ताथली धिमय् खलले ५० हजार रूपैयाँसहित सिल्ड, एक थान धिमय् बाजा, दुई थान भुछ्या र सिछ्या प्राप्त गरेको छ।

प्रतियोगितामा दोस्रो ताथलीकै बैकाभु गणेश सांस्कृतिक खलले २५ हजार रूपैयाँसहित सिल्ड र प्रमाणपत्र, धिमय् बाजा एक थान, भुछ्या एक थान, सिछ्या एक थान पाएको छ। तृतीय हुने भक्तपुरको निओ फ्युजन बाजा समूहले १० हजार रूपैयाँसहित सिल्ड र प्रमाणपत्र, धिमय् बाजा एक थान, भुछ्या एक थान पाएको छ।

चौथो बनेपाको देउला बाँसुरी बाजा खल, पाँचौं बनेपाको वान्ख्यो डाफा भजन खल, छैंटौं लायकु धिमय् खल पनौती, सातौं मध्यपुर थिमिको सिवा सायमी खल, आठौं तलेजु बाजा खल लुभु ललितपुर, नवौं काठमाडौंको बालकुमारी धिमय् खल र दशौं ताथलीको सौडोल सांस्कृतिक बाजा खल भएको थियो।

उनीहरूलाई भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, चाँगुनारायण नगरपालिका  २ का वडाध्यक्ष सोम प्रधान, ५ का वडाध्यक्ष जयन्द्र खड्का, ८ का वडाध्यक्ष जनक खत्री, ९ का वडाध्यक्ष एवम् कार्यक्रम संयोजक गणेश त्यातलगायतले पुरस्कार वितरण गरेका थिए।

चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद् प्रेम सुवालले गरेका थिए।

प्रकाशित: २२ पुस २०८१ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App