१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

फुटपाथमा बिक्छन् जीवनी र उपन्यास

विशालबजारको पारिपट्टि सडकमा ओहोर–दोहोर गर्नेको लर्को थियो । सडक छेउमा सधैझैं पुस्तक मिलाउन व्यस्त थिइन्, सीता गजुरेल । उनले फुटपाथमा पुस्तक बिक्री गर्न थालेको झण्डै २५ वर्ष भएको छ। 

२०४६ सालमा त्रिशुलीबाट काठमाडौं आएकी सीताले सुरुमा अरुको घरमा काम गरिन् । तर, त्यहाँको कमाइले उनलाई घर खर्च धान्न मुस्किल भयो । त्यसको दुई वर्षपछि उनले २०४८ सालमा पत्रिका बेच्न थालिन्। 

अहिले भने पत्रिकाभन्दा पुस्तक बढी बेच्ने गरेको उनी सुनाउँछिन् । पुस्तककै व्यापारबाट उनले चार सन्तानलाई शिक्षादिक्षा दिएकी छन्। 

राजेशको भनाइ अनुसार अहिले पुस्तक किन्न सबै उमेर समूहका पाठक आउने गरेका छन् । ‘पहिला किताब किन्न अलि उमेर ढल्केका पाठक मात्र आउँथे, तर हिजोआज युवापुस्ता पनि आउँछन्,’ उनले भने । पहिलाको तुलनामा पुस्तक किन्ने बढेको उनको अनुभव छ । जीवनी, उपन्यास र राजनीतिका पुस्तक बढी बिक्री हुने गरेको उनी बताउँछन् । उनका अनुसार युवापुस्ताका पाठक उपन्यास किन्न आउने गरेका छन् । 

लेखपढ नगरेकाले सुरुमा अंग्रेजी पुस्तक बेच्न गाह्रो भएको उनको अनुभव छ । जेठो छोरा राजेशले पढ्दापढ्दै सघाउन थालेपछि भने यो समस्या समाधान भएको उनले सुनाइन् । ‘अहिले छोराले नै हेर्छ, पुस्तक बेचेरै हाम्रो परिवार धानिएको छ,’ उनले भनिन्। 

राजेशको भनाइ अनुसार अहिले पुस्तक किन्न सबै उमेर समूहका पाठक आउने गरेका छन् । ‘पहिला किताब किन्न अलि उमेर ढल्केका पाठक मात्र आउँथे, तर हिजोआज युवापुस्ता पनि आउँछन्,’ उनले भने । पहिलाको तुलनामा पुस्तक किन्ने बढेको उनको अनुभव छ । जीवनी, उपन्यास र राजनीतिका पुस्तक बढी बिक्री हुने गरेको उनी बताउँछन् । उनका अनुसार युवापुस्ताका पाठक उपन्यास किन्न आउने गरेका छन्। 

आत्मकथा, वेद र धार्मिक पुस्तक किन्न अधवैशे उमेरका पाठक आउने सीता बताउँछिन् । ‘पुस्तक पढ्ने मानिसको व्यवहार नै फरक हुन्छ,’ उनले भनिन्। 

सधै आइरहने ग्राहक नै पत्रिका र पुस्तक किन्न आउने र मगाउने गरेको उनी बताउँछिन् । ‘सडकमा पुस्तक बेचेरै बूढी भइयो,’ सीताले हाँस्दै भनिन्। 

१२ वर्षदेखि सुन्धारा पेटीमा पुस्तक बेच्दै आएकी छन्, सरस्वती अधिकारी । उनी बिहान ८ देखि बेलुका ४ बजेसम्म पुस्तक बेच्दै आएकी छन् । साँझ भने उनी कपडा बिक्री गर्छिन्। 

भूगोलपार्कको होलसेलबाट पुस्तक ल्याउने गरेको उनले बताइन् । पुस्तकको मूल्य अनुसार ग्राहकलाई छुट दिने गरेको उनी बताउँछिन्। 

चाहेको ठाउँमा सटर नपाउँदा र सटर भाडा निकै महँगो भएकाले सडकमा व्यापार गरेको उनले बताइन् । ‘आजभोलि पुस्तक निकै कम बिक्री हुन्छ,’ उनले भनिन् । पहिले पुस्तकको माग निकै राम्रो भए पनि अहिले भने ह्वात्तै घटेको उनले बताइन् । इन्टरनेटको बढ्दो पहुँचले पुस्तक बिक्री घटेको उनको बुझाइ छ । ‘पहिला पुस्तक किन्न आउने धेरै थिए,’ उनी भन्छिन्, ‘अहिले मोबाइलमै इन्टरनेटमार्फत् सबैले आवश्यक जानकारी लिइरहेका देखिन्छन्।’  

पुस्तक बोकेर हिँड्ने जमाना बिस्तारै लोप हुँदै गएको उनको अनुभव छ । ‘इन्टरनेटले मानिसलाई सहज त बनाइदियो, तर हामीलाई मर्का पारेको छ,’ उनले भनिन् । भूकम्पअघि पुस्तक बिक्री राम्रै भए पनि त्यसपछि भने घटेको उनी बताउँछिन्।  

कल्पना सापकोटालाई सडकमा पुस्तक व्यापार गर्दै आएको दशकभन्दा बढी भइसक्यो । उनी कोटेश्वर चोकको सडक छेउमा पुस्तक बेच्दै आएकी छन् । उनी बिहान ५ बजे नै चोकमा पुग्छिन्। 

पाठकहरू हरेक प्रकारको पुस्तक खोज्ने आउने गरेको उनी बताउँछिन्। विशेष गरेर योग, विज्ञान, कृषिसँगै यौन, राशीफल तथा पात्रो बढि बिक्री हुने उनले बताइन्। 

उनी पनि इन्टरनेटको बढ्दो प्रयोगले पत्रपत्रिकाको बिक्री घटेको सुनाउँछिन्। ‘विभिन्न अनलाइनले समाचार पहिला नै छापीदिन्छ, अनि पत्रिका हेर्ने त कोही मात्रै हुन्छन्,’ उनले भनिन्। 

प्रकाशित: १२ फाल्गुन २०७४ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App