४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

जीवन्मुक्त लक्षण–३

चित्तमा शान्तिको वास स्थिरता ब्रह्ममा गरी ।
जान्दै योगी कर्म गर्छन् जगत् छ सपना सरी ।।

आजै मरण होस् चाहे रहोस् कल्पान्त जीवन ।
ज्ञानी मलिन बन्दैन हिलोमा लिप्तझैँ सुन ।।

काशी मरण होस् ज्ञानी चाहे चण्डालको घर ।
ज्ञानको प्राप्तिकै वेला मुक्त भो अब के डर ?

मेरू खम्बा धरा गोखुर् नभ औँठी समान भो ।
त्रिलोक झारझैँ राम ! नैष्कम्र्य जसले लियो ।। 

नभमा कुम्भझैँ ज्ञानी भित्र बाहिर शून्य छन् ।
कुम्भ सागरमा जस्तै भित्र बाहिर पूर्ण छन् ।।

क्रमशः 
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)

 

प्रकाशित: १५ पुस २०७४ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App