४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

जीवन्मुक्त लक्षण–३

हेमराज ज्ञवाली
असन्तझैँ सन्त पनि अरूसँग रिसाउँछन् ।
मानापमानमा तुल्य भैरहेको जँचाउँछन् ।।

शुरूमा सर्प ठान्नाले उठेको कम्प औ डर ।
डोरी रहेछ थाहा भो तर त्यो रही राख्दछ ।।

सम्पूर्ण विश्वको मोह त्यागेका विज्ञमा पनि ।
देखिन्छ मोहको मात्रा केही बाँकी रहे सरी ।।

छायाले जसरी ऐना रंगिदैन त्यसै गरी । 
कर्मको फलमा ज्ञानी लिप्त हुन्न कवै पनि ।।

बाहिरी वृत्तिमा लागे जस्तो भान हुने तर । 
साक्षी स्वभावमा बस्ने अन्तर्मुख भईकन ।।
संसारको तापबाट उनी निवृत्त छन् भने । 
सधैँ निद्रालुझैँ हेर्दा शान्त ज्ञानी उनी बने ।। 

क्रमशः 
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)

 

प्रकाशित: ८ पुस २०७४ ०४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App