२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्य

महानिरीक्षक अर्यालको औपचारिक विदाई

महानिरीक्षक अर्याल। फाइल फोटो

काठमाडौं- प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल ३० वर्षे कार्यकाल पूरा गरी प्रहरी सेवाबाट औपचारिकरुपमा विदाई भएका छन्। अर्याल २०७० कार्तिक २५ गते प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका थिए। २०४३ फागुन ३ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय ट्राफिक महाशाखाको जिम्मेबारी अनुभव गरेका अर्याल अनुसन्धान, कमाण्ड र कुटनीतिमा अब्बल मानिन्छन्। संविधान सभाको दोस्रो  निर्वाचनको पूर्व सन्ध्यामा खिलराज रेग्मी सरकारले बरियतामा एक नम्बरमा रहेका अर्याललाई प्रहरी अतिरिक्त हुदै महानिरीक्षक बढुवा गरेको थियो।

प्रहरी महानिरीक्षकका रुपमा एकहजार एकसय ५९ दिन बिताएको गन्ती बताउदै उनले महानिरीक्षकको पद, जिम्मेबारी र अधिकार प्रयोगका अप्ठायारा विदाईमा पोखे।

‘जुत्ता लगाएपछि मात्र त्यसका बिषयमा थाह पाइन्छ, आईजीपीको पद, जिम्मेबारी र अधिकार पनि त्यस्तै हो,’ अर्यालले । उनको सुरुवात गरेको दुर्गम चौकीमा महानिरीक्षकको भ्रमण र बास र जवानसँगका कुरालाई अर्यालले जोड दिए । 

सरकारले निमित्त महानिरीक्षक नतोकेको र आफुले कसैलाई दिनसक्ने नरहेको अवस्थाका बिच अर्यालको बिदाई समारोह पुरा भएको थियो । निर्धारित समय भन्दा करिब तीनघण्टा ढिलो सुरु भएको कार्यक्रममा अन्तमा महानिरीक्षक अर्याललाई प्राविधिक एआईजी दिनेशचन्द्र पोखरेलले बिदाई गरेका थिए । अर्यालसँगै ११ एआईजी र तीन नायब महानिरीक्षकले अनिवार्य अवकाश पाएका छन । 

तीन बजेदेखि तयारी अवस्थामा रहेको प्रहरी ब्यान्ड, अतिथि तथा प्रहरीका उच्च अधिकारीहरु त्यसै बस्न बाध्य भए। आइतबार बिहान ९ बजे सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्ति गरेको थियो। त्यसको केही घन्टापछि सर्वोच्च अदालतले सो नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

प्रकाशित: २ फाल्गुन २०७३ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App